राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले चुनावबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ। आगामी निर्वाचनका विषयमा छलफल गर्न आइतबार बैठक बोलाइएको आयोगको कार्यालयले  जनाइएको छ। प्रतिनिधिसभा र प्रदेशसभामा सहभागी रहेका सबै राजनीतिक दललाई बैठकमा बोलाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेका छन्। मतदान केन्द्र र मतदान स्थल, मतदाता नामावली अद्यावधिकलगायत विषयमा दलहरूसँग आयोगले छलफल गर्न लागेको हो। 

तर,संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला निर्वाचन आयोगले भने निर्वाचन तयारी थालेको हो। कोरोना महामारीको समयमा निर्वाचन गर्दा देशलाई थप आर्थिक भार पर्ने भन्दै कतिपयले यसको चर्को आलोचना गरिरहेका छन्।

संसद विघटनविरुद्ध सत्ता पक्ष र अन्य राजनीति दलहरु संघर्षका कार्यक्रम घोषणा गरी आन्दोलित छन्। प्रधानमन्त्री केप ओली भने वैशाखमा चुनाव गराइ छोड्ने अडानमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.