अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता

अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता

राष्ट्रपतिका रूपमा जो बाइडनले पदभार ग्रहण गर्नुअघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

बाइडनले बुधवार पदभार ग्रहण गर्दै छन्। संसद्मा भिड पसेको दिन जस्तै हिंसात्मक प्रदर्शन नहोस् भनेर राजधानी वासिङ्टन डीसीमा न्याश्नल गार्ड्स परिचालन गरिएको छ ।

सबै ५० राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले प्रदर्शन गर्न सक्ने सङ्घीय जाँच ब्यूरो एफबीआईले चेतावनी दिएको छ। राष्ट्रपतिको सुरक्षार्थ खटिने निकायको अनुरोधमा राष्ट्रपतिको शपथ ग्रहण गर्दा जम्मा हुने हजारौँ सर्वसाधारणलाई रोक्ने प्रयास गरिएको छ । 

कोभिड-१९ महामारीकाबीच बुधवार हुने समारोहमा सहभागी हुनका लागि देशभरबाट यात्रा नगर्न सर्वसाधारणहरूलाई बाइडनको टोलीले आग्रह गरेको छ। ट्रम्प समर्थकहरूले अनलाइनमार्फत् हतियार सहितको प्रदर्शनको आह्वान गरेका कारण आइतबारका लागि डाकिएको प्रदर्शन महत्त्वपूर्ण ठानिएको छ।

तर केहीले भने उक्त प्रदर्शन प्रहरीले सृजना गरेको फन्दा रहेको र सुरक्षा व्यवस्था निकै कडा पारिएको भन्दै त्यसमा सहभागी नहुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बने लगत्तै अमेरिकामा सुरक्षा सतर्कता बढाइएको हो। अमेरिकी संसद् भवनमा विध्वंस भएसँगै तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो ।

हुलदङ्गा गर्न प्रोत्साहित गरेको आरोप लागेका ट्रम्पले अब माथिल्लो सदन सिनेटको सामना गर्ने छन्। उनीहरूले बाइडनको जित प्रमाणित गर्ने संसद्को प्रयास विफल पार्नका लागि त्यसो गरेको बताइएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.