पहिलो दिनमै बाइडेनले ट्रम्पका निर्णय उल्ट्याउने , आप्रवासी योजना सयदिनमै ल्याउने

पहिलो दिनमै बाइडेनले ट्रम्पका निर्णय उल्ट्याउने , आप्रवासी योजना सयदिनमै ल्याउने

वासिंटन: अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका थुप्रै निर्णय उल्ट्याउने भएका छन्।

पहिलो निर्णयको रुपमा उनले ट्रम्पले मुस्लिम मुलुकहरुबाट अमेरिका यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेका छन्। यस्तै पेरिस जलवायु परिवर्तन सम्झौतामा प्रतिवद्धता लगायत दर्जन बढी निर्णय उनले गर्दैछन्। 

कोभिड संकटका बेला ट्रम्पले गरेका निष्कासन तथा विद्यार्थीहरुको ऋण भुक्तानी सम्बन्धी निर्णय विरुद्ध पनि बाइडेनले हस्ताक्षर गर्ने योजना बनाएका छन्। यसवाहेक ट्रम्पका अन्य  विवादित निर्णय पनि खारेज गर्ने उनको तयारी छ।

बाइडेनका सहयोगीका अनुसार उनले आफ्नो सय दिने अवधिमै बृहत् आप्रवासी योजना पनि पेश गर्ने बताएका छन् ।बाइडेनले निर्वाचनकै बेला प्रतिवद्धताको रुपमा अघि सारेको आप्रवासी योजनाले विनाडकुमेन्ट यहाँ रहे्का लाखौँ विदेशीहरुलाई नागरिकता प्रदान गर्ने बाटो खुलाउनेछ ।

यस्तै उनले पहिलो सातामै कोभिड राहत प्याकेजको भुक्तानी प्रक्रिया पनि बढाएका छन् । जस अन्तरगत १ दशमलब ९ ट्रिलियन डलर बराबरको राहत प्याकेज समावेश छ । बाइडेनले निर्वाचनमा प्रतिवद्धताको रुपमा अघि सारेका मुद्दालाई नै प्राथमिकता दिन थालेका हुन् । तर केही विश्लेषकहरुले भने ती निर्णयहरुलाई छिटै संसदीय प्रक्रियामा लगेर उपलब्धिको रुपमा ग्रहण गर्नुपर्ने बताएका छन् ।

यही जनवरी २० मा उच्च सुरक्षा व्यवस्थाबीच बाइडेनको शपथ तथा पद वहालीको कार्यक्रम छ।  राष्ट्रपति निर्वाचनमा पराजित भएका ट्रम्पका समर्थकहरुको भीड क्यापिटल हिलमा छिरेर हिंसा मच्चाएपछि थप अन्योल सिर्जना भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.