ओलीको प्रश्‍न : संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?

ओलीको प्रश्‍न : संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन्।

अखिल नेपाल महिला सङ्घ(अनेमसं) को दोस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन गर्न वाध्य भएको बबताएका छन्। उनले भने, ‘संविधानको धारा ७६ (७) र धारा ८५ अनुसार राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखेर सिफारिस गरिएको छ।'

'संविधानमा राष्ट्रपतिले सरकारको सिफारिशमा काम गर्ने व्यवस्था छ, अहिले त्यसअनुसार नै भएको हो', ओलीले भने, 'कमीकमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन ।' उनको प्रश्‍न थियो, 'संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?

संसद् विघटनको विषयमा टिप्पणी गर्ने नेताहरूले राष्ट्रपतिको मर्यादा समेत ख्याल ओलीले बताए । उनले  संसद् विघटन आफूले गरेको तर राष्ट्रपति माथि हमला गर्न थालिएको बताउँदै भने,  'हिजो नक्कली राजालाई दाम चढाउनेले यतिबेला गणतन्त्र माथि हमला गर्दैछन्।' ओलीले गणतन्त्रको सम्मानित संस्था राष्ट्रपति माथि नै चरणबद्ध हमला गर्नु लोकतान्त्रिक पद्धति नभएको बताउनुभएको छ । लोकतन्त्र र गणतन्त्रको विरुद्ध प्रचण्ड–माधव पक्षले शृङ्खलाबद्ध हमला गरिरहेकाले उहाँहरु लोकतान्त्रिक अभ्यास बाहिर रहेको टिप्पणी गर्नुभयो ।

न्यायाधीशको मनोबल गिराउने गरी स्वतन्त्र न्यायलयमाथि प्रहार गरिएको बताउँदै भने, न्यायलय र निर्वाचन आयोगजस्ता संवैधानिक निकायमाथि पनि सडकबाट हमला भइरहेको छ।'

पार्टी र आन्दोलनमा एउटा महान् शुद्धीकरण आवश्यकता रहेको र अहिले त्यो अवसर प्राप्त भएको ओलीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.