प्रियाले चुमिन् नेवाको ताज

प्रियाले चुमिन् नेवाको ताज

हेटौंडा : आफ्ना १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रिया शाहीले यो वर्षको ‘मिस नेवा मकवानपुर– ११४१’ को ताज पहिरिएकी छन्। हेटौंडाको रोयल प्यालेसमा आयोजित अन्तिम स्पर्धामा उनले मिस ट्यालेन्ट र भिअर च्वाइससहित शीर्ष उपाधि चुमेकी हुन्। 

यसैगरी ऋचा श्रेष्ठ फस्ट रनरअप र मिस फैन्डली, मोनिका खड्गी सेकेन्ड रनरअप र बेस्ट डान्स, ऋतु मानन्धर मिस फोटोजेनिक कृतिका खड्गी बेस्ट डे«स र मिस क्याटवाक, सिमरन खड्गी मिस क्युट, लुनिभा श्रेष्ठ मिस युनिक र निकिता बलामीले डिसिप्लेनको  उपाधि जिते।

हेटौंडा नगरका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मोडलहरू धीरज तण्डुकार, मनीष शाक्य र स्वस्तिका राजभण्डारी निर्णायक थिए। लुक्स फोसन होमको आयोजनामा भएको मिस नेवा मकवानपुरको कोरियोग्राफी रवीन्द्र वज्राचार्यले गरेका थिए। कार्यक्रमको संयोजक विजय श्रेष्ठ थिए। स्थानीय स्तरमा समेत जातीय सौन्दर्य प्रतियोगिता पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतिस्पर्धामा प्रतियोगीहरूले आफ्नो संस्कृति झल्कने पोसाकमा गीत तथा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको बीचबीचमा स्थानीय कलाकारले गीत तथा नृत्य गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.