प्रतिनिधिसभा विघटन रिटमाथि सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटन रिटमाथि सुनुवाइ सुरु

काठमाडौं : आइतबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको प्रतिनिधिसभा विघटनका सम्बन्धमा परेका रिटमाथि सोमबार पुन: सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस सुरु भएको हो । सर्वोच्चले अब दैनिकरुपमा रिटमाथि बहस गर्ने निर्णय गरेको छ ।

संसद विघटनविरुद्ध परेका रिटमाथि आइतबार सर्वोच्च अदालतमा संवैधानिक इजलासमा बहस सुरु भएको थियो। पहिलो दिनको सुनुवाइमा न्यायाधीश र कानुन व्यवसायीबीच सवालजवाफ भएको थियो।

चार कानुन व्यसायीले बहस गरेको इजलासमा प्रधानन्यायाधीश र अधिवक्ता डा.भीमार्जुन आचार्यको बहस रोचक भएको थियो।बहुमतको सरकारले  प्रतिनिधिसभा विघटन गर्न किन नहुने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पटक पटक प्रश्न गरेका थिए। 

आइतबार रिट निवेदक सन्तोष भण्डारी,संविधानविद‍् भीमार्जुन आचार्य,अधिवक्ता सुनील पोखरेल र अधिवक्ता गिरिराज भट्टले बहस गरेका थिए। गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटन असंवैधानिक भन्दै  सर्वोच्च अदालतमा एक दर्जन बढी रिट दायर भएका छन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, विश्वम्भरप्रसाद श्रेष्ठ अनिलकुमार सिन्हा सपना मल्ल प्रधान र तेलबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.