संसद विघटनविरुद्धको आन्दोलनमा होमिन महिलालाई प्रचण्डको आग्रह

संसद विघटनविरुद्धको आन्दोलनमा होमिन महिलालाई प्रचण्डको आग्रह

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानलाई बच्चाको संज्ञा दिएका छन्। अखिल नेपाल महिला संघ केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफूले रगत र पसिना बगाएर जन्माएको बच्चाको हत्या हुन लागेको भन्दै  महिलाहरुलाई एक पटक आन्दोलनमा होमिन आग्रह गरेका हुन्। 

आफ्नो बच्चाको बारेमा महिलाहरु नै बढी चिन्तित हुने भन्दै संविधान बचाउका लागि पनि महिलाहरुको महत्वपूर्ण भूमिका हुने उनले जिकिर गरे।

नेपालको इतिहासमा महिला आन्दोलनको महत्वपूर्ण भूमिका रहेको भन्दै फेरी एक पटक आन्दोलनमा सक्रिय भएर जाग्न अनुरोध गरे। उनले भने,' तपाई महिला कमरेडहरु एकचोटी गर्जिदा लाखौं करोडौं महिला गर्जिएको आवाज आउनेछ। र प्रतिक्रियावादी जसले संविधान र गणतन्त्रको हत्या गर्न खोज्दैछन् तिनीहरु धरासायी हुनेछन् र तिनीहरुको निरुंकुशताको सपना, तिनीहरुको स्वच्छाचारी ध्वस्त हुनेछ। ध्वस्त पार्ने जिम्मा पनि तपाईहरुको काँधमा आएको छ।'

संविधानको हत्या हुन खोजेको भन्दै त्यसलाई टुलुटुलु हेरेर बस्न नसक्ने उनले बताए। 'हामीले रगत पसिना बगाएर जन्माएको बच्चाको हत्या हुँदैछ। उसलाई आइसीयूमा राखिएको छ। मार्ने षडयन्त्र भइरहेको छ, अपराधीबाट। हामी आफूले जन्माएको बच्चा मार्न लागेको कुरा आँखा अगाडि हेरेर बस्न सक्दैनौं। त्यसको रक्षाको लागि जस्तोसुकै मूल्य चुकाउन तयार छौं,' अध्यक्ष प्रचण्डले भने,' तपाई दिदीबहिनीहरुलाई बढी थाहा छ। बच्चा जन्माउँदा गर्व र खुसी र मर्नुको पीडा सबैभन्दा बढी अनुभूति आमाहरुलाई महिलालाई नै बढी थाहा हुन्छ।'

संघीय लोकतान्तिक गणतन्त्र र त्यसको संविधान जन्माउन आफूहरुलाई ७० वर्ष लागेको बताउँदै भने,' आमाले १० महिना गर्भमा शिशु राखेजस्तै हो। यो लोकतन्त्र ल्याउन रगतको खोलो बगेको थियो। अहिले त्यो बच्चालाई एउटा भिलेनले खलनायककले हामीबाट खोसेर जबरजस्ती मार्ने षडयन्त्र गर्दैछ। अनि हामी चुप लागेर
बस्न सक्छौं त। हामी हेरेर बस्न सक्छौं त। त्यसैले जनअदालतमा फैसला सुनाउनका लागि जस्तोसुकै मूल्य चुकाउने तयार हुने दिन आयो।'

अब एकाध महिना जुर्मुरायौं भने आफ्नो जीत पनि उनले दावी गरे। प्रधानमन्त्री केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसको संविधानको हत्या गर्न खोजेको उनको आरोप छ।

यही पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्। संसद विघटनपछि नेकपा दुई खेमा भएको छ। संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट दायर भएका छन्।  आइतबार (हिजो) देखि ती रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.