भारतीय भूमिमा चीनले १०१ घरको सिंगै गाउँ बनायो !

भारतीय भूमिमा चीनले १०१ घरको सिंगै गाउँ बनायो !

नयाँदिल्ली: चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशमा चीनले एउटा गाउँ नै निर्माण गरेको भारतीय मिडियाले जनाएका छन् ।

एनडीटिभीका अनुसार चीनले निर्माण गरेको उक्त गाउँमा १०१ वटा घरहरु छन् । एनडीटिभीले आफ्नो स्याटलाइट दृश्यमा उक्त गाउँ देखिने जनाएको छ । चीनसँगको भारतको सिमानाको करिव ४ दशमलब ५ किलोमिटर भित्र नै उक्त गाउँ अवस्थित रहेको एनडीटिभीको दावी छ ।

उक्त गाउँ सारी चु नदीको किनारमा रहेको पनि बताइएको छ । जुन भूभाग भारतको सुबनसिरी जिल्लामा पर्छ । यस क्षेत्रमा चीन र भारतबीच सिमानालाई लिएर लामो समयदेखि विवाद हुँदैआएको छ । लद्दाखदेखि एक हजार किलोमिटर पश्चिममा पर्ने यस भूभागमा २०२० को अगस्टसम्म कुनै घर देखिएका थिएनन् ।

तर नोभेम्बरसम्ममा १०१ वटा घर सहितको एउटा पूरा गाउँ दृश्यमा देखिएको बताइएको छ । चीनको यस गतिविधिलाई लिएर अरुणाञ्चल प्रदेशका नेताहरुले समेत प्रश्न उठाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.