मधेश आन्दोलनका सहिद परिवारलाई अझै आश्वासन

मधेश आन्दोलनका सहिद परिवारलाई अझै आश्वासन

जनकपुरधाम : मधेसको अधिकार प्राप्ति आन्दोलनको सूत्रपात भएको मधेस आन्दोलनको १४ वर्ष पूरा भएको छ। प्रदेश सरकार गठन भएपछि प्रत्येक वर्ष माघ ५ लाई बलिदानी दिवसका रूपमा मनाउन थालिएको छ। 

प्रदेश नं २ सरकारले जनकपुरधामको एउटा कोठामा दिवस मनायो। यही समयमै आन्दोलनको अगुवाहरूले जनकपुरको जनकचोकमा दिवस मनाए। सरकारले आयोजना गरेको कार्यक्रममा सहिद परिवारका सदस्यहरू, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, अनिल झा, प्रदेश २ मुख्यमन्त्री लालबाबु राउत सहभागी भए। मन्त्रीहरू जितेन्द्र सोनल, नवलकिशोर साह, रामनरेश रायलगायत पनि कार्यक्रममा उपस्थित भए। 

कार्यक्रमको अध्यक्षता पहिलो मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोकी आमाले गरिन्। कार्यक्रममा बोल्दै जसपाका वरिष्ठ नेता महतोले सहिदहरूकै बलमा जनताले संघीयता तथा प्रदेश सरकार पाएको तर सहिद परिवारसँग गरिएको प्रतिबद्धता पूरा गर्न ढिलो भइरहेको बारे सरकारको ध्यानाकर्षण गराए। ‘आन्दोलन उत्कर्षमा पुगेका बेला हामीले सहिद परिवारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौं, त्यो अहिलेसम्म हुन सकेन। ५० लाख रुपैयाँ नभए पनि सो बराबरको सहयोग सहिद परिवारलाई प्रदेश सरकारले गर्नुपर्छ’, उनले भने।

सादा कागजमा सही 
प्रदेश सरकारको कार्यक्रममा प्रदेश २ का आठवटै जिल्लाका सहिद परिवारका सदस्य सहभागी भए। कार्यक्रममा उपस्थित ६० जना सहिद परिवार सदस्यहरूलाई दोसल्ला ओढाएर जनही २५ हजार नगदसहित सम्मान गरियो। आर्थिक सहयोग गरेपछि उनीहरूलाई हस्ताक्षरसमेत गराइएको छ। प्रदेश सरकार भ्रष्टाचारमा जोडिएको भनेर आलोचना भइरहेका बेला हस्ताक्षर गराइएको कागजमा भने रकम उल्लेख गरिएको छैन। सहिदहरूको नाउँमा यसरी रकम दुरुपयोग हुनु दुःखद् भएको कार्यक्रममा सहभागी सहिद परिवारका एक सदस्यले गुनासो गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.