प्रतिनिधिसभा विघटन मुद्दा : तेस्रो दिनको बहस जारी

प्रतिनिधिसभा विघटन मुद्दा : तेस्रो दिनको बहस जारी

काठमाडौं : प्रतिनिधिसभा विघटनका सम्बन्धमा परेका रिटमाथि मंगलबार बहस सुरु भएको छ। सोमबार बहस नसकेपछि हेर्दाहर्दैमा राखिएको प्रतिनिधिसभा विघटनका सम्बन्धमा परेका रिटमाथि मंगलबार पुन: सुनुवाइ सुरु भएको हो।

आइतबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिटमाथि निरन्तर बहस सुरु भएको हो।

यसअघि सोमबार रिट निवेदककातर्फबाट अधिवक्ता डा.दीनमणि पोखरेलले तीनघन्टा बहस गरेका थिए। उनले संसद विघटन राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताएका थिए। अधिवक्ता पोखरेलले लामो बहस गरेपछि फैसलाको समय घर्किन सक्ने भन्दै बहस छोटो गर्न इजलासबाट 'रुलिङ' भएको थियो।

आइतबार रिट निवेदक सन्तोष भण्डारी,संविधानविद‍् भीमार्जुन आचार्य,अधिवक्ता सुनील पोखरेल र अधिवक्ता गिरिराज भट्टले बहस गरेका थिए। गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतमा एक दर्जन बढी रिट दायर भएका छन् । 

संसद विघटनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गरेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, विश्वम्भरप्रसाद श्रेष्ठ अनिलकुमार सिन्हा सपनामल्ल प्रधान र तेलबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.