२४ घन्टामा थप ३४८ जनामा कोरोना संक्रमण, ४४१ डिस्चार्ज, ४ को मृत्यु

२४ घन्टामा थप ३४८ जनामा कोरोना संक्रमण, ४४१ डिस्चार्ज, ४ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । १२९ महिला र २१९ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । जसमध्ये २ लाख  ६२ हजार २५९ जनाले कोरोना जितेका छन् । मंगलबार थप  ४४१ जना डिस्चार्ज भएका छन्। यो ९७.९ प्रतिशत हो।

नेपालमा अहिलेसम्म २० लाख २१ हजार ७१४ जनाको आरटी पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ६९ पुगेको छ । मंगलबार थप ४ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ छ । यस्तै १९० जना क्वारेन्टिनमा छन् भने ३ हजार ७६४ जना आइसोलेसनमा छन्।

यस्तै मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १६१ जना आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.