भक्तपुरका ९६ प्रतिशत संक्रमित डिस्चार्ज

भक्तपुरका ९६ प्रतिशत संक्रमित डिस्चार्ज

भक्तपुर : भक्तपुरका ९६.४० प्रतिशत कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् ।

यहाँका कूल ९ हजार ४ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ९ हजार ९१ जना डिस्चार्ज भएका हुन्।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यहाँका ५ हजार एकसय १८ पुरुष र ३ हजार ९ सय ७३ महिला गरी ९ हजार ९१ जना डिस्चार्ज भएका छन् ।

कार्यालयका प्रमुख कृष्ण मिजारले मंगलबारसम्म भक्तपुरका २ सय १३ जनामात्रै सक्रिय संक्रमित रहेको जानकारी दिए । जसमा एकसय १९ पुरुष र ९४ जना महिला रहेका छन् ।

सक्रिय संक्रमितमध्ये ८९.६७ प्रतिशत अर्थात एकसय ९१ जना होम आइसोलेसनमा छन् । एकसय १२ पुरुष र ७९ महिला होम आइसोलेसनमा बस्दा ७ पुरुष र १५ महिला गरी २२ जनामात्रै अस्पताल तथा नगरपालिकाले सञ्चालन गरेका आइसोलेसनमा बसेको कार्यालय प्रमुख मिजारले जानकारी दिए ।

उनका अनुसार भक्तपुर चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा ५० पुरुष ३६ महिला गरी ८६ जना सक्रिय संक्रमित रहेका छन् । मध्यपुर थिमिपछि सूर्यविनायक नपामा ३४ महिला र ३५ पुरुष गरी ६९ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भक्तपुर नपामा १२ महिला र १० पुरुष गरी २२ जना तथा चाँगुनारायण नपामा १० पुरुष र ५ महिला गरी १५ जना सक्रिय संक्रमित रहेका छन् ।

कार्यालयको तथ्यांकअनुसार भक्तपुरका ४ नपामध्ये मध्यपुर थिमि नपामै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । यहाँ एकहजार ९ सय २१ पुरुष र एकहजार ५ सय ५२ महिला गरी ३ हजार ४ सय ७३ जना संक्रमित पुगेका छन् ।

सूर्यविनायक नपाका एकहजार ७ सय ५० पुरुष र एकहजार २ सय ८९ महिला गरी ३ हजार ३९ जनालाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भक्तपुर नपाका ९ सय ४० पुरुष र ८ सय ३५ महिला गरी एक हजार ७ सय ७५ जना र चाँगुनारायण नपाका ५ सय ३० पुरुष र ३ सय २२ महिला गरी ८ सय ५२ जनालाई संक्रमण पुष्टि भएको छ ।

एकसय २६ जना संक्रमितको मृत्यु
भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या एकसय २६ पुगेको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार ८१ पुरुष र ४५ महिला गरी एकसय २६ जनाको मृत्यु भएको हो ।

कार्यालयका प्रमुख मिजारले भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४५ जना संक्रमितको मृत्यु भएको जानकारी दिए । जसमा पुरुष २९ र महिला १६ जना रहेको उनले बताए ।

‘भक्तपुरपछि मध्यपुर थिमि नपाका २७ जना पुरुष र १४ जना महिला गरी ४१ जना संक्रमितको मृत्यु भएको छ’, उनले थपे, ‘त्यस्तै सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ तथा चाँगुनारायण नपाका ७ पुरुष र २ महिला गरी ९ जनाको मृत्यु भएको छ ।’

भक्तपुरमा कूल संक्रमितको १.३३ प्रतिशत मृत्यु भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.