मेलानिया ट्रम्प सर्वाधिक अलोकप्रिय फर्स्ट लेडी !
वासिंटन: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्प सर्वाधिक अलोकप्रिय फर्स्ट लेडीको रुपमा ह्वाइट हाउसबाट बाहिरिँदै गरेकी छन् ।
सिएनएनले हालै गरेको एक संर्वेक्षणले यस्तो परिणाम आएको हो । सिएनएनको सर्वेक्षण अनुसार उनले अमेरिकी इतिहासमै सबैभन्दा कम लोकप्रिय फर्स्ट लेडीको पहिचान बनाएकी हुन् ।
पूर्वमोडेल समेत रहेकी मेलानियालाई ४७ प्रतिशतले अप्रिय व्यक्तित्वको रुपमा चित्रित गरेका थिए ।उक्त सर्वेको परिणाम यही आइतबार सार्वजनिक भएको थियो ।
यही जनवरी ६ मा डोनल्ड ट्रम्पको उक्साहटमा उनका समर्थकहरुले संसदमा हिंसा मच्चाएपछि मेलानिया पनि अत्याधिक आलोचित बनेकी थिइन् । मेलानियाले भने उक्त घटनाको केही दिनपछि हिंसात्मक घटनाबाट आफू निराश बनेको प्रतिक्रिया दिएकी थिइन् ।
यद्यपि सामाजिक सञ्जालमा उनलाई गस्सिप बनाइएको थियो । सिएनएनले जनवरी ९ देखि १४ सम्म गरेको उक्त सर्वेमा १००३ जना सहभागी भएको बताइएको छ ।