ह्वाइटहाउसमा आज बाइडनको प्रवेश यसरी हुँदैछ

ह्वाइटहाउसमा आज बाइडनको प्रवेश यसरी हुँदैछ

वासिङटन : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले बुधबार (आज) शपथ लिँदैछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ।

शपथग्रहणका बेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ। यो संख्या अफगानिस्‍तान, सिरिया र इराकमा तैनाथ कुल अमेरिकी सैनिकको ५ गुणा हो।

केही दिनदेखि अमेरिकी सुरक्षा संस्थाले शपथग्रहण समारोहअगाडि हिंसा हुन सक्ने बताउँदै आएको छ। 

अमेरिकी संसद् भवन क्यापिटलका वरपर, पेनसिल्भानिया एभेन्यु र ह्वाइट हाउसका छेउछाउका अधिकांश भाग सर्वसाधारणका लागि बन्द गरिएको छ। ती स्थानमा ८ फिट अग्ला बार लगाइएको छ। सबै राज्यका संसद् भवनमा सुरक्षा सतर्क राखिएको छ। 

वासिङटन डीसीका मेयर मुरियल बाउजरले अन्तर्वार्तामा भने, ‘प्रहरी विभागले संघीय संस्था र अमेरिकी सेनासँग मिलेर काम गरिरहेको छ। कुनै पनि खालको आक्रमणसँग जुध्न तयार छौं।’

यसरी हुनेछ शपथ
शपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउने प्रचलन रहेको छ। बाइडनको शपथ ग्रहणमा पनि सेनाले परम्परालाई निरन्तरता दिनेछन्।  बाइडनले बाइबललाई साक्षी राखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट पद तथा गोपनीयताको शपथ लिनेछन्। उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरबाट शपथ लिने कार्यक्रम रहेको छ। 

शपथ ग्रहणपछिको सलामीपछि बाइडनले समारोहलाई सम्बोधन गर्ने बताइएको छ।

समारोहमा कलाकारको प्रस्तुति
शपथ समारोहमा चर्चित कलाकारहरु लेडी गागा, जेनिफर लोपेज लगायतको प्रस्तुति रहने बताइएको छ। यसैगरी जोन बोन जोभी, डेमी लोभाटो, जस्टिन टिम्बरलेकले पनि प्रस्तुति दिने बताइएको छ।

को हुन् बाइडन
नोभेम्बर २०, सन् १९४२ मा जन्मिएका जो बाइडनको पूरा नाम जोसेफ रोबिनेट बाइडन जुनियर हो। उनी सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाको राष्ट्रपतीय कार्यकालमा उपराष्ट्रपति रहेका थिए।  बाइडनलाई एक प्रभावशाली वक्ता, कुशल कुटनीतिज्ञ, अनुभवी, कुशल प्रचारकका रूपमा लिइन्छ।

उनले कार दुर्घटनामा पत्नी र छोरी गुमाएका थिए। पछि घाइते भएका उनका छोरा पनि सन् २०१५ मा मस्तिष्कमा भएको ट्यूमरका कारण गुमाउन पुगे।

बाइडनले ७८ वर्षको उमेरमा अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा शपथ लिँदैछन्।

को हुन् कमला ह्यारिस
क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी कमला ह्यारिसकी आमा भारतीय मूलकी हुन् भने पिता जमैकाका हुन्। उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन्।

५५ वर्षीया कमलाले अमेरिकाको पहिलो अश्वेत महिला उपराष्ट्रपतिको शपथ लिन लागेकी छिन्। कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई "एक अमेरिकी" भन्ने गर्छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.