सडकमै नमूना संसद् चलाएर प्रतिनिधिसभा विघटनको विरोध (फोटोफिचर)
काठमाडौं : प्रतिनिधिसभाको विघटनको विरोधमा युवाहरुले सडकमा नमुना संसद् चलाएका छन्। बुधबार बिहान भृकुटीमण्डप नजिकै पद्मोदय मोडमा युवाहरुले नमुना संसदको रुपमा सडकमा राष्ट्रियसभाको बैठक राखेर सांकेतिक विरोध गरेका हुन्।
६ दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानसभाले बनाएको संविधानको मूल मर्म भनेकै सुधारिएको संसदिय व्यवस्था भएको उनीहरुको भनाई छ। युवाहरुले संविधान बचाउनु हामी सबैको कर्तव्य भएको धारणा राखेका थिए।
प्रधानमन्त्री केपी ओलीको सिफारिशमा पुष ५ गते आइतबारबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। ओलीले ताजा जनादेशको लागि वर्तमान प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ पहिलो चरणमा र २७ गते दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन गर्न गरेको सिफारिशलाई उनले सदर गरेकी छन्।
अन्नपूर्णकर्मी सुनीता डंगोलको क्यामरामा कैद भएका तस्बिरहरु :