भारतमा कोरोना संक्रमितको संख्या एक करोड पाँच लाखभन्दा बढी

भारतमा कोरोना संक्रमितको संख्या एक करोड पाँच लाखभन्दा बढी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड पाँच लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार ८२३ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५ लाख ९५ हजार ६६० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण १६२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५२ हजार ७१८ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड दुई लाख ४५ हजार भन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ९७ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । 

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २३१ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १० जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ७६४ को मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बारसम्म देशभर १८ करोड ८५ लाख ६६ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। मङ्गलबार एकै दिनमा मात्र सात लाख ६४ हजार १२० जनाको कोभिड-१९ परीक्षण गरेको जनाइएको छ । यसैबीच भारतमा गत शनिबारदेखि कोरोना भाइरसको विरुद्धको खोप पनि शुरु भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.