बाइडेनको 'इनोग्यूरेशन' राति १०:१५ बजे

बाइडेनको 'इनोग्यूरेशन' राति १०:१५ बजे

वासिङटन : अमेरिकामा नयाँ राष्ट्रपतिलाई औपचारिक रूपमा पदभार ग्रहण गराउने प्रक्रिया र समारोहलाई इनोग्यूरेशन भनिन्छ । उक्त समारोह राजधानी यो वाशिङ्टन डीसीमा आयोजना हुन्छ। त्यसमा राष्ट्रपति निर्वाचितले पदको शपथको बेहोरा वाचन गर्छन्।

संविधानको रक्षा गर्ने प्रतिबद्धता समेटिएको शपथ लिएपछि जो बाइडन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नेछन्। सत्तारोहण समारोह त्यतिमै समापन हुने भए पनि केही समय त्यहाँ अरू कार्यक्रमहरू पनि हुनेछन्।

कमला ह्यारिस पनि शपथ लिनेबित्तिकै उपराष्ट्रपति बन्नेछिन्। साधारणतया राष्ट्रपतिभन्दा पहिला उपराष्ट्रपतिले शपथ लिने चलन छ।

राष्ट्रपति निवार्चित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस दुवै जना राजनीतिक परेडजस्तो देखिने सत्तारोहण समारोहमा शपथग्रहण गरेर मात्र ह्वाइट हाउस प्रवेश गर्नेछन्।  

कानुनअनुसार ज्यानवरी २० को दिन नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्छन्।

प्रारम्भिक मन्तव्य ईसटीअनुसार बुधवार बिहान ११ः३० बजे (नेपाली समयानुसार राति १०ः१५ बजे) आरम्भ हुन्छ ।

जो बाइडन र कमला ह्यारिसको सपथग्रहण मध्यदिनमा हुनेछ ।

बाइडन त्यही दिन अलि पछि ह्वाइट हाउसमा प्रवेश गर्नेछन् र त्यो उनको आगामी चार वर्षका लागि निवास हुनेछ।सत्तारोहण समारोहणमा विस्तृत सुरक्षा योजना बनाइएको हुन्छ। तर ज्यानवरी ६ मा राष्ट्रपति ट्रम्प समर्थकहरूको भिडले अमेरिकी संसद्मा आक्रमण गरेपछि थप सुरक्षा व्यवस्था मिलाइएको छ । उक्त दिन वाशिङ्टन डीसीको अधिकांश क्षेत्र बन्द हुनेछन् ।

अमेरिकी गुप्तचर निकायले सुरक्षा योजनाको नेतृत्व लिएको छ र हजारौँ प्रहरीहरूलाई सहयोग गर्न न्याश्नल गार्डका झन्डै १५ हजार सुरक्षाकर्मी खटाउन लागिएको छ।

वाशिङ्टन डीसीमा अहिले नै सङ्कटकालको अवस्था छ र सत्तारोहणको दिनसम्म यस्तै रहनेछ।

सुरक्षा प्रयासको नेतृत्व गरिरहेका एजेन्ट म्याट मिलरले शुक्रवार संवाददाताहरूलाई एक वर्षभन्दा बढी समयदेखि उक्त समारोहको योजना बनाउने काम चलिरहेको बताए।

बाइडनले परम्परानुसार बाहिर नै शपथग्रहण गर्ने अडान व्यक्त गरिरहेका छन्। यसपालि सहभागीको सङ्ख्या भने कटौती हुनेछ।

ज्यानवरी ८ मा ट्वीट गर्दै उनले शपथग्रहण समारोहमा भाग नलिने उल्लेख गरेका थिए। त्यो दिन उनी आफ्नो फ्लोरिडास्थित निवासमा बस्ने अनुमान गरिएको छ। उनका कतिपय समर्थकहरूले उनीहरूले बाइडनले शपथ लिएकै समयमा अनलाइनमार्फत् राष्ट्रपति ट्रम्पको ‘दोस्रो सत्तारोहण’ को योजना बनाइरहेको उल्लेख गरेका छन्।

फेसबुकमार्फत् ६८ हजारभन्दा बढी मानिसले ट्रम्पप्रति समर्थन देखाउन उक्त कार्यक्रममा भाग लिने बताएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.