२४ घन्टामा थप ३१८ जनामा कोरोना संक्रमण, ३८३ डिस्चार्ज, ६ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ११२ महिला र २०६ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म २० लाख २६ हजार ७२६ जनाको आरटी पीसीआर परीक्षण भएको छ। बुधबार थप ५ हजार १२ स्वाब परीक्षण गर्दा ३१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।
योसहित कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । जसमध्ये २ लाख ६२ हजार ६४२ जनाले कोरोना जितेका छन् । बुधबार थप ३८३ जना डिस्चार्ज भएका छन्। यो ९७.९ प्रतिशत हो।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ७५ पुगेको छ । बुधबार थप ६ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ छ । यस्तै १७२ जना क्वारेन्टिनमा छन् भने ३ हजार ६९३ जना आइसोलेसनमा छन्।
यस्तै मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १६५ जना आइसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।