अमेरिकी राष्ट्रपतिको शपथ समारोह सुरु : के के हुँदैछ ?

अमेरिकी राष्ट्रपतिको शपथ समारोह सुरु : के के हुँदैछ ?

वासिङटन : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले बुधबार शपथ लिँदैछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ।

शपथग्रहणका बेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ। यो संख्या अफगानिस्‍तान, सिरिया र इराकमा तैनाथ कुल अमेरिकी सैनिकको ५ गुणा हो।

केही दिनदेखि अमेरिकी सुरक्षा संस्थाले शपथग्रहण समारोहअगाडि हिंसा हुन सक्ने बताउँदै आएको छ। 

Today, we begin anew. Tune in for #Inauguration2021. https://t.co/HxfU8q5riA

— Joe Biden (@JoeBiden) January 20, 2021

अमेरिकी संसद् भवन क्यापिटलका वरपर, पेनसिल्भानिया एभेन्यु र ह्वाइट हाउसका छेउछाउका अधिकांश भाग सर्वसाधारणका लागि बन्द गरिएको छ। ती स्थानमा ८ फिट अग्ला बार लगाइएको छ। सबै राज्यका संसद् भवनमा सुरक्षा सतर्क राखिएको छ। Guests arrive for the inauguration of Joe Biden as the 46th US President on January 20, 2021, at the US Capitol

यसरी भइरहेको छ शपथ
शपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउने प्रचलन रहेको छ। बाइडनको शपथ ग्रहणमा पनि सेनाले परम्परालाई निरन्तरता दिएको छ।  बाइडनले बाइबललाई साक्षी राखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट पद तथा गोपनीयताको शपथ लिँदैछन्। उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरबाट शपथ लिने कार्यक्रम रहेको छ। 

शपथ ग्रहणपछिको सलामीपछि बाइडनले समारोहलाई सम्बोधन गर्नेछन् ।

शपथपछि राष्ट्रपतिको जिम्मेवारी लिने बाइडेनले बुधबार नै केही कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । 

नोभेम्बर ३ मा भएको राष्ट्रपतिय चुनावमा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् । ट्रम्पले २३२ मत ल्याउँदा बाइडेनले ३०६ इलेक्टोरल कलेज मतसहित विजयी प्राप्त गरेका हुन् । 

राष्ट्रपति चुनावमा अझैसम्म हार स्वीकार नगरेका डोनाल्ड ट्रम्प भने शपथ समारोहमा सहभागी नहुने भएका छन् । उनले बिदाइ कार्यक्रम भने गर्दैछन् । 

समारोहमा कलाकारको प्रस्तुति
शपथ समारोहमा चर्चित कलाकारहरु लेडी गागा, जेनिफर लोपेज लगायतको प्रस्तुति रहने बताइएको छ। यसैगरी जोन बोन जोभी, डेमी लोभाटो, जस्टिन टिम्बरलेकले पनि प्रस्तुति दिँदैछन्।

को हुन् बाइडन
नोभेम्बर २०, सन् १९४२ मा जन्मिएका जो बाइडनको पूरा नाम जोसेफ रोबिनेट बाइडन जुनियर हो। उनी सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाको राष्ट्रपतीय कार्यकालमा उपराष्ट्रपति रहेका थिए।  बाइडनलाई एक प्रभावशाली वक्ता, कुशल कुटनीतिज्ञ, अनुभवी, कुशल प्रचारकका रूपमा लिइन्छ।

उनले कार दुर्घटनामा पत्नी र छोरी गुमाएका थिए। पछि घाइते भएका उनका छोरा पनि सन् २०१५ मा मस्तिष्कमा भएको ट्यूमरका कारण गुमाउन पुगे।

बाइडनले ७८ वर्षको उमेरमा अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा शपथ लिन लागेका हुन् ।

को हुन् कमला ह्यारिस
क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी कमला ह्यारिसकी आमा भारतीय मूलकी हुन् भने पिता जमैकाका हुन्। उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन्।

५५ वर्षीया कमलाले अमेरिकाको पहिलो अश्वेत महिला उपराष्ट्रपतिको शपथ लिन लागेकी हुन्। कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.