बाइडेनको शपथग्रहण समारोह भइरहँदा ट्रम्पले वासिंटन छाडे

बाइडेनको शपथग्रहण समारोह भइरहँदा ट्रम्पले वासिंटन छाडे

वासिंटन: अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथग्रहणको तयारी गरिरहँदा निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले भने अन्तिम घडीमा राजधानी वासिंटन छाडे ।

ट्रम्प र उनकी पत्नी मेलानिया बुधबार नै फ्लोरिडा पुगेका छन् । ट्रम्प बुधबार बिहान संक्षिप्त रुपमा आयोजित बिदाइ कार्यक्रममा सहभागी भएर तुरुन्त फ्लोरिडाका लागि उडेका हुन् ।

त्यस क्रममा ट्रम्पले आफू निरन्तर लडिरहने प्रतिक्रिया दिएका थिए । साथै बाइडेन प्रशासनलाई आगामी कार्यकालका लागि शुभकामना पनि दिएका थिए ।

'तपाईँहरु अचम्मको मान्छे हो । यो महान महान देश हो । तपाईँहरुको राष्ट्रपति हुनु मेरो लागि महान सुअवसरको कुरा हो,' ट्रम्पले बुधबार बिहान बिदाइ कार्यक्रममा सहभागीहरुमाझ भनेका थिए ।

ह्वाइटहाउसमा बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले शपथ लिइरहँदा ट्रम्प भने फ्लोरिडामा हुनेछन् । अमेरिकामा यसअघि निवर्तमान राष्ट्रपति पनि नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा उपस्थित हुने राजनीतिक संस्कार छ ।

तर ट्रम्पले यसअघि नै बाइडेनको शपथग्रहण समारोहमा उपस्थित नहुने बताएका थिए । तर पनि फ्लोरिडा जाँदै गर्दा बाटोमै ट्रम्पले शपथग्रहण समारोह अवलोकन गरेको बुझिएको छ ।

सिएनएनमा प्रकाशित समाचार अनुसार उडानको समयमा शपथग्रहण समारोहको तयारी भइरहेको दृश्य ट्रम्पले हेरेका थिए । उडानकै क्रममा सँगै यात्रा गरिरहेका एक व्यक्तिले सिएनएनलाई यसबारे जानकारी दिएको सिएनएनले लेखेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.