अमेरिकामा बाइडेन र कमला ह्यारिसको शपथ ग्रहण सम्पन्‍न

अमेरिकामा बाइडेन र कमला ह्यारिसको शपथ ग्रहण सम्पन्‍न

वासिंटन: जो बाइडेनले जनवरी २०, बुधबार ४६औं अमेरिकी राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका छन् । उच्च सुरक्षा व्यवस्थासहित क्यापिटल हिलमा उनले शपथ लिएका हुन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट विशेष कार्यक्रमसहित उनले शपथ लिए । उपराष्ट्रपतिको रुपमा भने कमला ह्यारिसले शपथ लिएकी हुन् ।

समारोहमा लेडी गागा र जेनिफर लोपेजको विशेष सांगीतिक कार्यक्रम थियो । यससँगै कमला ह्यारिस भने पहिलो दक्षिण एसियाली, पहिलो महिला र अस्वेत उपराष्ट्रपतिको रुपमा चुनिएकी हुन् ।

बुधबार राति सपथ लिनुअघि बाइडेनले मन्तब्य दिने क्रममा भावुक बनेका थिए । शपथ ग्रहण समारोहमा राष्ट्रिय गानसँगै सम्मानमा सलामी दिइएको थियो ।

अमेरिकामा गत नोभेम्बर ३ मा सुरु भएको निर्वाचनको परिणाम अनुसार डेमोक्रयाट्सका जो बाइडेन निर्वाचित भएका थिए । तर ट्रम्पले परिणाम अस्वीकार गर्दै मुद्दा दायर गरेका थिए । तर मुद्दा पनि हारेपछि आफ्ना समर्थकमाझ विवादित र उत्तेजित अभिव्यक्ति दिएपछि राजनीतिक संकट निम्तिने खतरा देखिएको थियो ।

ट्रम्पका समर्थकहरुको भीडले जनवरी ६ मा क्यापिटल हिलमा छिरेर हिंसा मच्चाएपछि थप अन्योल सिर्जना भएको थियो । ट्रम्पले पद छाड्न तयार नभएपछि उनीमाथि महाभियोग समेत लगाइएको छ । ट्रम्पले भने आफूहरुको संघर्ष र लडाइँ जारी रहने प्रतिक्रिया दिँदै बुधबार नै फ्लोरिडा पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.