किसानको दिन फेरियो : उखु किन्न खेतमा पुगे उद्योगी

किसानको दिन फेरियो : उखु किन्न खेतमा पुगे उद्योगी

जकपुरधाम : माघ महिना उखु क्रसिङ्गका लागि पिक सिजन हो। चौबीसै घण्टा उद्योग चलाएर उखु क्रसिङ्ग गर्न पहिला उद्योगीलाई भ्याईनभ्याई हुन्थ्यो। तर,चिनी उद्योगीलाई यस वर्ष दिनको १२ घण्टा मिल बन्द गर्नुपर्ने बाध्यता आइपरेको छ।

चिनी मिल बन्द गर्नुपर्ने कारण बनेको छ, उखु खेती घट्नु। महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट चिनी मिल छ। यो देशकै ठूलो चिनी उद्योग हो। तर, उखु अभावमा यो मिल पिक सिजनमै दिनको १२ घण्टा बन्द हुन्छ।

एभरेष्ट चिनी उद्योगले पाँच वर्ष अघि ५८ लाख क्वीन्टल उखु क्रसिङ्ग गरेर देशमै रेकर्ड कायम गरेको थियो।तर, यसपालि यो उद्योगीले १५ लाख क्वीन्ट उखु पाउन पनि मुस्किल छ।

मंगलबार अन्नपूर्णकर्मीले फोन गर्दा मिलका जि.एम. कृष्ण चन्द्र दास सर्लाहीको सीमा क्षेत्रमा उखु खोज्न व्यस्त थिए। उनले भने,‘यो सिजनका लागि उखु बहुत कम छ। उखु खरिद गर्न उद्योगबीच खिचातानी भइरहेको छ।’

मिललाई उखु पाउन मुस्किल
कुनै बेला थियो, महोत्तरीका ३५ लाख क्विन्टल उखु उत्पादन हुन्थ्यो।तर, यस वर्ष उखुको उत्पादन घटेर १५ लाखमा झरेको छ। पौष ४ गतेबाट चलेको उद्योगले माघको पहिलो सातासम्म जम्माजम्मी ७ लाख ८० हजार क्विन्टल उखु पाएको जि.एम. दासले बताए। पौष २९ सम्मको करिब ३० लाख रकम किसानको खातामा पठाइसकिएको छ। नगद दिँदा पनि उद्योगले प्रयाप्त उखु पाइरहेको छैन।

चिनी मिलका कर्मचारीहरु किसानको खेतमै नगद दिएर उखु लिन गइरहेका छन्। उखु अभाव भएपछि मिलले खेतबाटै छिनाझपटी गरिरहेका उखु उत्पादक कृषक संघ रामनगर महोत्तरीका अध्यक्ष नरेश सिंह कुश्वाहाले बताए।‘सरकारको उदासिन्ता र उद्योगीको मनोपोलीले उखु खेती घट्यो,’उनले भने,‘सरकारले उद्योगीले उत्पादन गरेको चिनीको भाउ बढाउँदै लग्यो। तर, किसानले चार वर्ष अघिको मुल्यमा अझै उखु बिक्री गर्नु परेको अवस्था छ।’ 

उखु खेती छाँड्दै किसान
उखु सिजन उद्योगीका लागि पहिला दशैंको आएको जस्तै हुन्थ्यो। उद्यारोमा उखु लिएर चिनी उत्पादन गरे नगदमा बिक्री गर्थे, उद्योगपति। किसानको लागतमा उद्योगी मालामाल हुन्थें, किसानलाई उखुको भुक्तानी नदिए रुवाउन्थें।

     चिनी मिलमा उखु बुझाउन ट्रयाक्टरमा लैजाँदै महोत्तरीको गौशालास्थित निगौलका उखु किसान।

गुलियो उखु उब्जाउने किसानले खेती घटाउँदै लगेपछि उद्योगीहरु पिक सिजनमै उखु खोज्दैं खेतखेतमा पुगिरहेको नेपाल उखु उत्पादक संघका केन्द्रीय सह–संयोजक राजकुमार उप्रेतीले जनाए। उद्योगीसँग उखुको रकम दिन आन्दोलनकै भर पर्नुपर्ने अवस्था आएपछि किसान निरुत्साहित भएर उखु खेती नै छाँडिरहेका उनी बताउँछन्।

पुरानै मूल्यमा भुक्तानी
‘उखु उब्जाउने किसानलाई भुक्तानी रोकेर उद्योगीहरुले कमाउने धन्दामा उल्टो बाटोमा हिड्यो। त्यसैले ४० प्रतिशतले उखु खेती घट्यो,’उनले भने,‘अहिले पनि किसानले तीन वर्ष अघि मुल्य प्रति क्वीन्टल ५३६ रुपैंयामा उखु बिक्री गर्न बाध्य छन्। ’ सरकारले उखुको मुल्य तय गर्न ढिला गरेको उनले बताए। यस वर्ष किसानहरुले उखुको मूल्य प्रति क्विन्टल ५१६ रुपैंया मागेको छ। कृषि मन्त्रालयले सरकारले दिने अनुदानसहित प्रति क्विन्टल ५४४ रुपैंया यस अघि प्रस्ताव गरेको थियो।

मुल्यको टुङ्गो नलाग्दै खेतमै उखु सुक्न थालेपछि किसानले मिललाई गत पौष २ गतेपछि उखु कटान गरेर बुझाउन थाले। मिलले गत वर्षको मुल्य अनुरुप उद्योगले दिनुपर्ने प्रति क्विन्टल ४७१ रुपैंयाका दर भुक्तानी दिइरहेका छन्। 

उखु नपाएर चार उद्योग बन्द
नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीका अनुसार, देशभरीमा १४ वटा चिनी उद्योग छन्। उखु लिएर किसानको भुक्तानी नदिएपछि चार वटा चिनी मिल पोहोरपरार देखिनै बन्द छ। संचालनमा रहेका १० उद्योगलाई उखु नै पुगेको छैन।‘बैशाखसम्म भरपुर चल्ने चिनी मिललाई माघमै उखु पुगिरहेको छैन,’अध्यक्ष मैनाली भन्छन्,‘उद्योग पतिले उखुको भुक्तानी नदिएर किसानलाई रुवायो। उखु नपाएर चिनी मिल घिटी–घिटी चहिरेको छ। किसानको आँसु उद्योगी लाग्यो,सरकारलाई पनि चाँडै लाग्छ।’
    टायर गाडामा उखु लिएर महोत्तरीको गौशालाका उखु किसान चिनी मिल तिर जाँदै।
सर्लाहीको अन्नपूर्ण चिनी उद्योग, श्रीराम सुगर मिल उखु नपाएर गत वर्षदेखि नै चलेको छैन। नवलपरासीको लुम्बिनी चिनी करखाना पाँच वर्षदेखि बन्द छ। नवलपरासीकै अर्को इन्द्रिरा सुगर मिल पनि किसानलाई भुक्तानी दिन नसकेर बन्द भएको दुई वर्ष भएको छ। 

ओरालो लाग्यो उखु खेती
चिनी मिल खुल्ने क्रम बढेको छ। तर, उखु खेती क्रमश ओरालो लाग्दो छ। २०७६–०७७ मा देशभरी चलेका ९ चिनी उद्योगमा १ करोड ४० लाख क्वीन्टल उखु क्रसिङ्ग भएको थियो। २०७५–०७६ मा देशभरीका १४ उद्योगले २ करोड १४ लाख क्वीन्टल उखु खरिद गरेका थिए। २०७४–०७५ मा देशभरीबाट २ करोड २५ लाख क्वीन्टल उखु उद्योगले क्रसिङ्ग गरेको थियो।

सरकारले २०७४–०७५ मा सरकारले दिने अनुदानसहित उखु मूल्य प्रति क्वीन्टल रु.५३६ तोकेको थियो। उखु खेतीमा वर्षेनी उखु खेतीमा लागत बढेपनि तीन वर्ष अघिकै मूल्यमा गत २०७६–०७७ मा बिक्री गर्न बाध्य भए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.