संसद विघटन मुद्दा : बिहीबारको बहस जारी

संसद विघटन मुद्दा : बिहीबारको बहस  जारी

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी परेको रिटमाथि बिहीबारको बहस जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा रिटमाथिको बहस सुरु भएको हो।

बिहीबार अधिवक्ता ओमप्रकाश अर्यालले बहस सुरु गरेका छन् । बुधबार वरिष्ठ अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारीलगायत ६ जनाले संसद पुनर्स्थापना हुनुपर्ने पक्षमा बहस गरेका थिए। 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दर्ता भएका दर्जन बढी रिटमाथि गत आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको हो । 

यही पुस  ५  गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेका थिए।  संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट परेका छन् भने  रिट निवेदकका तर्फबाट ३१० जनाले अधिवक्ताले नाम दर्ता गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.