भारतबाट यसरी ल्याइयो १० लाख डोज कोरोना खोप (फोटो फिचर)

भारतबाट यसरी ल्याइयो १० लाख डोज कोरोना खोप (फोटो फिचर)

काठमाडौँ: भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेको छ । यसअघिको प्रतिवद्धता अनुसार भारतले १० लाख डोज नेपाल सरकारलाई उपलब्ध गराएको हो ।

बिहीबार बिहान एयर इन्डियामार्फत कोरोनाविरुद्धको खोप काठमाडौँ ल्याइएको हो । बिहीबार दिउँसो नै भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका हुन् ।

उक्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । साथै विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सरफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.