'नाचिदेउ बसन्ती'को कभर भिडियो बनाउनेलाई १ लाख पुरस्कार (भिडियो)

'नाचिदेउ बसन्ती'को कभर भिडियो बनाउनेलाई १ लाख पुरस्कार (भिडियो)

काठमाडौँ: गायक दिल तामाङले आफ्नो म्युजिक भिडियो 'नाचिदेउ बसन्ती'को उत्कृष्ट कभर भिडियो बनाउनेलाई एक लाख नगद पुरस्कार दिने घोषणा गरेका छन् । यसका लागि जनवरी २८ सम्म समयसीमा तोकिएको छ ।

प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै 'नाचिदेउ बसन्ती'को कभर भिडियो बनाइसक्नु पर्ने समय सीमा तोकेको हो । यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान पनि गरिने जनाएको हो ।

गीतको भिडियोले सार्वजनिक भएको २ हप्तामै १० लाख अर्थात् १ मिलियन भ्युज पार गरिसकेको छ । भिमफेदी गाइज र एलिसा शर्माको अभिनय रहेको भिडयोलाई स्टार क्याडेटको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो । गीतमा डीपी खनालको शब्द र शंकर थापा 'स्माइल'को संगीत छ । गीतको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.