धनगढीमा निशुल्क महाप्रस्थान यान

धनगढीमा निशुल्क महाप्रस्थान यान

धनगढी : गएको पुसको पहिलो हप्ता बैतडीको दोगडा केदार गाउँपालिका ९ का कृष्णा नन्द भट्टको कैलालीको सेती अञ्चल अस्पतालमा मृत्यु भयो  । उनको शव बैतडी लगेर दाहसंस्कार गर्ने पारिवारिक क्षमता थिएन । तर उनको शव कैलालीकै गोदावरी आर्यघाटसम्म लैजान दिनभरी गाडी पाइएन । 

पुस ३ गते कैलालीको धनगढी उपमहानगरपालिका ५ हसनपुरका स्थानीय पुष्करदत्त भट्टका ७८ वर्षीय बुवा महेश्वरदत्त भट्टको निधन भयो । धनगढी हसनपुरबाट गौरीगंगा नगरपालिकापस्थित शिवगंगा नदीको आर्यघाटमा अन्तिम संस्कारको लागि लगियो। पिकअप गाडीमा लगिँदै गरेको मृतकको आधा शरीर गाडीको क्याप (पछाडिको डालो) भन्दा आधा बाहिर थियो । शव दुई तीन स्थानमा रोकेर पिकअपमा पटकपटक बाँध्ने काम गरियो ।

पुस २३ गते नवजीवन सहकारीका सञ्चालक समिति सदस्य गोपाल पाठक र धनगढी जेसिजका अध्यक्ष श्याम पाठकका बुवा बुद्धिराज पाठकको निधन भयो। पाठकको अन्तिम संस्कार धनगढीस्थित मोहना आर्यघाटमै गरियो।

पाठकको शवयात्रा पनि भट्टको जस्तै सास्तीयुक्त थियो। जसको प्रमुख कारण धनगढीमा उपयुक्त शव बाहन नहुनु थियो । धनगढीमा एक दुई बाहेक शव बाहन छैनन् । भएका शव बाहन पनि सानो पिकअफ जस्तै गाडीले बनाएका छन् ।

अन्य सवारी साधनले अहिले कोभिडका कारण शव बोक्न नमान्ने गरेका कारण कैयौं मानिसहरु शव व्यवस्थापनमा आजित हुने गरेका छन् । उपमहानगरपालिकाका जनताको यही सास्ती देखेर धनगढीका व्यवसायी तथा सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता गोपाल हमालले ३० लाख बढीको लागतमा महाप्रस्थान यान नाम गरेको सुविधा सम्पन्न शव बहान साञ्चालनमा ल्याउने भएका छन् । 

धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले अगाडी मृतकको तस्बिर राख्न मिल्ने, पछाडि ६ जना किरियापुत्री बस्ने मिल्ने र त्यसमै सजिलो तरिकाले शव राख्न मिल्ने गरी महाप्रस्थान यान सञ्चालनमा  ल्याउने जानकारी दिए।‘ धनगढी उपमहानरपालिका भित्र यसलाई निशुल्क सञ्चालन गर्नेछ, चालक खर्च, इन्धन खर्च सबै हामीले व्यहोर्नेछौं,' उनले भने ।

यानमा बाहिर मालाले सजाउन मिल्ने गरी तयारी भइरहेको छ । हमालका अनुसार १४ फिट लम्बाइ रहेको चेचिसको अर्डर भइसकेको छ, धनगढीमा त्यसको बडी बनाउने ठेक्का पनि भइसकेको छ।

उनले मृत्युपछि कुनै पनि व्यक्ति फर्केर नआउने भएकाले यसको नाम शव बाहनभन्दा पनि महाप्रस्थान यान राखिएको बताए । 'शव बाहन कताकता नराम्रो लाग्यो, त्यसैले मृत्यु पछिको त्यो प्रस्थान नै महाप्रस्थान हो, ' उनले भने। 

उनले भने, 'अन्तिम संस्कारको क्रमममा देखिने अभावको दृष्यले मलाई सोच्न बाध्य बनायो। मृत्युपछि मृतकका पार्थिव शरीरलाई सम्मानपूर्वक लगिनुपर्नेमा मैले त्यस्तो पाएन। आर्यघाटसम्मको सहज यात्राको लागि निःशुल्क महाप्रस्थान यानको व्यवस्था गर्ने कार्यको सुरुवात गर्न लागेको हुँ।'
 
यानको विशेषता
यानभित्र पार्थिव शरीर र किरियापुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन समेत रहने अभियन्ता हमालले बताए। यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न मिल्ने व्यवस्था छ। सो यान धनगढी उपमहानगरपालिकास्थित मोहना नदी आर्यघाट र गोदावरी नदी आर्यघाटसम्म सञ्चालन हुने बताइएको छ। जसको व्यवस्थापनको जिम्मेवारी धनगढीका समाजसेवी शिद्धराज पनेरुलाई दिइएको छ।

निःशुल्क महाप्रस्थान यान सञ्चालन एउटा अभियान मात्रै रहेको बताइएको छ। निकट भविष्यमा कुनै संघ संस्थाले यसको सञ्चालनको जिम्मेवारी लिन चाहेको अवस्थामा हस्तान्तरण समेत गर्न सकिने अभियन्ता हमालले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.