प्रतिनिधिसभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेश

प्रतिनिधिसभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेश

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको सूचना पेश भएको छ। बिहीबार प्रतिनिधिसभा विघटनको रिटमाथि बहसका क्रममा रिट निवेदकका तर्फबाट बहस गर्ने अधिवक्ताले संसद विघटन गरेको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले विघटन सिफारिसबारे राजपत्रमा प्रकाशित सूचना पेस गर्न सरकारी वकिललाई मौखिक आदेश दिएको थियो।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन सदर गरेको सूचना राष्ट्रपति कार्यालयले जारी गरे पनि राजपत्रमा प्रकाशन नभएको तर्क व्यवसायीले गरेका थिए।

अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपतिले जारी गरेको सूचना राजपत्रमा प्रकाशन नगरिएको जिकिर गरेका थिए । उक्त सूचना हालसम्म राष्ट्रपति कार्यालयको वेबसाइटमै सीमित रहेको अर्यालको भनाइ थियो ।

अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बिहीबारको बहसमा संसद विघटन गरेपछि राजपत्रमा प्रकाशित नगरेको भन्द‌ै बहस गरेका थिए। उनीहरूको बहस सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना उपलब्ध गराउन भनेका थिए।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्। संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट परेका छन्। तिनै रिटमाथि गत आइतबारदेखि निरन्तर बहस भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.