प्रचण्डले भने- 'सडकमा उर्लिएको जनसागरलाई अदालतले पनि देख्यो होला नि '

प्रचण्डले भने- 'सडकमा उर्लिएको जनसागरलाई अदालतले पनि देख्यो होला नि '

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने चेतावनी दिएका छन्।

प्रचण्ड-नेपाल समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन्। उनले भने, 'ओलीको सेटिङलाई अब जनताको सेटिङले परास्त गर्नेछ। अब सडकबाटै जनताले ओलीको सेटिङ भत्काउनेछन्। उनले अब छिटै 'केपीको षड्यन्त्रकारी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुने बताउँदै जनताको सेटिङलाई कसैले सिध्याउन नसक्ने दाबी गरे ।

उनले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई नागरिक भावना र मतको सम्मान गर्न आग्रह गर्दै भने, 'मलाई विश्‍वास छ। सर्वोच्च अदालत र निर्वाचन आयोगले जनमतलाई सम्मान गर्नेछन्। सडकमा उर्लिएको जनसागरलाई निर्वाचन आयोगले देखेको छ, देख्छ । सर्वोच्च अदालतले पनि देखेको छ, देख्छ।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.