२४ घन्टामा थप ३०२ जनामा कोरोना संक्रमण, ७ को मृत्यु, ४८० डिस्चार्ज

२४ घन्टामा थप ३०२ जनामा कोरोना संक्रमण, ७ को मृत्यु, ४८० डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ३ हजार ५४५ स्वाबको पीसीआर परीक्षण गर्दा १३३ महिला र १६९ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म २० लाख ३५ हजार ३०१ जनाको आरटी पीसीआर परीक्षण भएको छ। 

योसहित कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । जसमध्ये २ लाख ६३ हजार ३४८ जनाले कोरोना जितेका छन् । शुक्रबार थप ४८० जना डिस्चार्ज भएका छन्। यो ९७.९ प्रतिशत हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ८७ पुगेको छ । शुक्रबार थप ७  जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ छ । यस्तै १५८ जना क्वारेन्टिनमा छन् भने ३ हजार ६१४ जना आइसोलेसनमा छन्।

यस्तै मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १५४ जना आइसीयूमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.