‘नयाँ भाइरस धेरै खतरनाक’

‘नयाँ भाइरस धेरै खतरनाक’

लन्डन (सिन्ह्वा) : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण पहिलेको तुलनामा धेरै खतरनाक भएको बताएका छन्। बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएका बेला प्रधानमन्त्री जोनसनले यो कुरा बताएका हुन्।  ‘यो भाइरस पहिलेको तुलनामा धेरै  खतरा छ’, प्रधानमन्त्री जोनसनले शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यसैले सबै नागरिकले पहिलेभन्दा पनि अझ बढी सुरक्षा मापदण्ड अपनाउनुपर्ने हुन्छ।’

उनले यो भाइरस पहिलो पटक गत महिना मात्र इंग्ल्यान्डको केन्टमा देखिएको उल्लेख गरे।  नयाँ प्रजातिको भाइरस पुरानोभन्दा कम्तीमा पनि ७० प्रतिशत बढी मात्रामा संक्रमण फैलिने खालको रहेको उनको भनाइ थियो। 

पछिल्लो समयमा निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरस संक्रमणबाट एकै दिन १ हजार ८ सय २० जनाको मृत्यु भएको समाचारमा जनाइएको थियो। यहाँका स्वास्थ्य अधिकारीले गत बुधबार मात्र यहाँ त्यति धेरै नागरिकको ज्यान कोरोना भाइरस संक्रमणबाट गएको जानकारी दिएका थिए।  

उनीहरूले बेलायतमा कोरोना संक्रमण सुरु भएदेखि अहिलेका केही सातायता धेरै जनाको ज्यान जान थालेको बताउने गरेका छन्। नयाँ स्वरूपको भाइरस ६० देशमा पुगेको समाचारमा जनाइएको छ। विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस गत साता मात्र १० वटा देशमा पुगेको हो।  
बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीले पनि यो संक्रमण पुरानोभन्दा खतरनाक भएको प्रमाण मिलेको बताएका छन्।   


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.