सुदूरपश्चिमका लागि १७ हजार कोरोना भ्याक्सिन

सुदूरपश्चिमका लागि १७ हजार कोरोना भ्याक्सिन

धनगढी : भारत सरकारले अनुदानमा दिएका १० लाख डोज कोरोनाका भ्याक्सिन मध्ये सुदूरपश्चिमका लागि १७ हजार डोज आउने भएका छन्। आइतबार काठमाडौंबाट धनगढीमा रहेको सुदूरपश्चिम प्रदेश स्थास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका लागि १७ हजार डोज भ्याक्सिन ‘रेफ्रीजरेटर भ्यान’ बाट आइरहेका केन्द्रले जनाएको छ।

सरकारले, पहिलो चरणमा आएका भ्याक्सिन अग्रपङ्तीमा काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव बाहनका कर्मचारी, एम्बुलेन्स चालकहरु र शव ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई लगाउने कार्यविधि बनाएको छ। 

‘काठमाडौंबाट रेफ्रीजरेटर भ्यानमा भ्याक्सिन बोकेको गाडी हिंडिसकेको खबर आएको छ, त्यसले बुटबल, नेपालगञ्जका लागि पनि भ्याक्सिन बोकेको छ, सोमबार बेलुकीसम्म धनगढी पुग्ने सम्भावना छ’, सुदूरपश्चिम प्रदेश स्थास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका निमित्त निर्देशक पदम विष्टले भने। 

उनले मंगलबारबाट प्रार्थमिकता तोकिएको क्षेत्रमा भ्याक्सिन लगाउन सुरु गरिने बताए। सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सुदूरपश्चिमका स्वास्थ्यकर्मी मात्रै १४ हजार रहेको जनाएको छ। 

‘सरसफाईकर्मी र एम्बुलेन्सकर्मी र सुरक्षाकर्मीको संख्या थप १२ हजार छ, त्यसमा पनि शव वाहनमा खटिने, एम्बुलेन्समा खटिने सुरक्षाकर्मीहरुलाई प्रार्थमिकतामा राखिएको छ’, सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयका कोभिड फोकल पर्सन हेमराज जोशीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.