ओलीविरुद्ध सडक आन्दोलन र संगठन विस्तार सँगसँगै : रावल

ओलीविरुद्ध सडक आन्दोलन र संगठन विस्तार सँगसँगै : रावल

धनगढी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सुदूरपश्चिम इञ्चार्ज तथा पूर्व उप्रप्रधानमन्त्री भीम रावलले, केपी ओलीको निर्णयविरुद्ध सडक आन्दोलन र संगठन विस्तारको कार्य सँगसँगै लैजाने बताएका छन् । 

प्रचण्ड नेपाल समूहको नेकपाले माघ १७ गते धनगढीमा गर्न लागेको बृहत जनप्रदर्शन बारेको पत्रकार सम्मेलनमा रावलले यस्तो बताएका हुन । ‘केपी ओलीको असंवैधानिक निर्णयविरुद्ध सडकमा पनि आन्दोलन हुन्छ, संगठन विस्तार पनि संगसँगै गरिन्छ’ नेता रावलले भने ।

उनले, केपी सरकार नभएर त्यो किर्ते सरकार भएको आरोप लगाए । ‘केपी सरकार होइन, त्यो किर्ते सरकार हो, त्यस सरकारले धेरै किर्ते गरेको छ’ उनले भने । ओली समूहले यस अघि नै धनगढीमा बृहत आमसभाको आयोजना गरिसकेको छ । 

प्रचण्ड नेपाल समूहको पनि सुदूरपश्चिमका यसै माघ १७ गते शक्ति प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल आउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एक महिनादेखि प्रदेश सरकारका दुई मन्त्री रिक्त छन् ।सुदूरपश्चिमका दुई मन्त्रालयमा मन्त्री नियुक्ती बारे पत्रकारहरुले सोधेका प्रश्नमा नेता रावलले, त्यो कुरा मुख्यमन्त्रीको जिम्मेवारीमा आउने बताए । 

‘मन्त्रीमण्डल विस्तारको काम मुख्यमन्त्रीको हो, पार्टीले जनताको काम समयमा गर्नुस, जे आवश्यक छ, त्यो गरिहाल्नुस भनेर नीतिगत निर्णय गर्ने हो, मुख्यमन्त्रीले आवश्यकता अनुसार त्यो गर्छन होला’, रावलले भने ।

ओली समूहमा लागेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार र आर्थिक मामिला तथा योजना मन्त्रालय खाली छन् । मन्त्रीका आकांक्षी बढी भएकाले, अहिलेसम्म मुख्यमन्त्रीले मन्त्री नियुक्त गर्न सकेका छैनन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.