यूरोपमा पानीमुनि चल्ने रेलको भविष्य संकटमा
ब्रसेल्स : यूरोपको ग्रीन च्यानल अर्थात समुन्द्रमुनि चल्ने रेल यूरोस्टार कोराना र ब्रेक्जिटको कारण लगभग बन्द हुने स्थितिमा पुगेको छ। वर्तमान अवस्था गम्भीर भएकाले उच्च-स्पिड रेल कम्पनी यूरोस्टार सरकारबाट थप सहयोग रकम उपलब्ध नहुँदा क्रस-च्यानल सेवाको अस्तित्व जोखिम रहेकाले बसन्त ऋतुसँगै चल्न नसक्ने युरोस्टारका प्रमुख कार्यकारी जैक दमासले सोमबार बताएका छन्।
जैक दमासले भने,‘विपत्ति सम्भव छ।’बेल्गा समाचार एजेन्सीका अनुसार युके र फ्रान्स सरकार दुबैलाई आर्थिक सहयोगको लागि आह्वान गरेको छ।’ बेलायतका २८ व्यवसायका व्यापारिक नेताहरूले समेत युरोस्टारलाई आर्थिक सहयोग पुर्याउनका लागि बेलायत सरकारलाई सयुक्त आह्वान गर्दै भनेका छन्, ‘युरोपको कोभीड -१९ बाट प्रभावित रेल लिंक जोखिममा छ।’
बेलायतका अर्थमन्त्री ऋषी सुनक र यातायात मन्त्री ग्रान्ट श्याप्सलाई संयुक्त पत्रमा लेखेर युरोस्टारको अस्तित्वमा वास्तविक जोखिम रहेको जानकारी गराएका छन्। लकडाउन र सीमा नियन्त्रण बोर्डर कन्ट्रोलको नयाँ नियमले यात्रामा बाधा पुर्याएको कारण क्रस-च्यानल ट्रेनले यात्रा र संचालनमा ९५ प्रतिशत व्यापार गिरावटको सामना गरी रहेको छ। लन्डनमा ब्रिटिश सरकारलाई पत्र लेख्ने व्यवसायीले भनेका छन्, ‘अन्तर्राष्ट्रिय यात्रीहरूको संख्या बसन्तमा कम रहन सक्छ, युरोपको लागि हाम्रो हरित प्रवेशद्वार खतरामा छ।’
दुबै फ्रान्सेली र बेलायती सरकारहरूले भर्खरको हप्ताहरूमा कोभीड – १९ नेगेटिभ प्रमाण पत्र अनिपार्य यात्रामा हुनुपर्ने, बेलायत जाँदा अंग्रेजी र फ्रान्स – बेल्जियम प्रवेशद्वारमा फ्रेन्च –डच भाषामा रिपोर्ट हुनुपर्ने र आगमनमा क्वारेन्टाइन स्थल देखाउन पर्ने कुराहरूले यात्रुहरू मारमा परेका छन्।
बेलायतमा देखिएको नयाँ रूपको कोरोना भाइरस आउनु अघि व्यवसाय ७० प्रतिशत बढी सुचारू रहेको थियो। नयाँ कोरोना भाइरस फ्रान्समा केही समयपूर्व र बेल्जियममा समेत मंगलबार ९१ जनामा पुष्टि भएसँगै अबको दिन झनै भयानक बन्ने देखिन्छ।
केही समय पूर्व नेपालका प्रधानमन्त्री केपीशर्मा ओली समेतले पानी मुनी चल्ने लन्डन – पेरिस हुँदै स्वीजरल्याण्डसम्मको रेल यात्रा गरेर विकाशको अनुभव बटुलेका थिए। हाल युरोस्टारले पेरिस र लन्डनको बीचमा दिनमा एक पटक मात्र सेवा संचालन गरेको छ भने आम्सटरडाम, ब्रसेल्स लगायत गन्तव्यको सेवा बन्द गरेको छ।
यो प्रमुखस्थल हुँदै १ सय बढी गन्तव्यस्थल रहेको यूरोस्टारमा फ्रान्सले पूरै देशभर बेलुका १८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाएको छ। यसले व्यवसायमा असर परेको बताइएको छ।
अधिकांस फ्रान्सको स्वामित्व रहेको रेल कम्पनी, एसएनसीएफको ५० प्रतिशत बढी स्वामित्वमा रहेको यूरोस्टारले फ्रान्सेली सरकारबाट उनीहरुलाई उपलब्ध सबै आर्थिक सहयोगमा टेप लगाएको छ। त्यसपछि बेलायत र बेल्जियमकोसमेत यूरोस्टारमा हिस्सा रहेको छ।
दमासलेका अनुसार एसएनसीएफको ५५ प्रतिशत रहेको सहायक कम्पनी युरोस्टार कम्पनीले सन् २०१९ को तुलनामा १.१ अर्ब युरो कारोबारको ८२ प्रतिशत गुमाएको थियो। ब्रेक्जिटपछि कहालीलाग्दो तरिकाले बेलायत, फ्रान्स, बेल्जियम र नेदरल्याण्ड लगायत विभिन्न देशहरुद्वारा झन्झटिलो स्वास्थ्य र कागजी नियमहरुको कारण युरोस्टार एयरलाइन्सभन्दा बढी पीडित छ।
दमासले भने ‘सन् २०१९ सम्म २ सय मिलियन यात्रुहरूले यूरोस्टारको सेवा लिएको यस वर्षको सुरूदेखि नै क्रस-च्यानल कम्पनीले लन्डनदेखि पेरिस र लन्डनबाट आम्सटरडामको प्रतिदिन केवल एउटा फिर्ति यात्रा संचालन थियो, त्यो पनि ८० प्रतिशतले रेल रित्तो रहने गर्थ्यो।’
प्रतिघन्टा ३ सय ३४.७ किमी कुद्ने हाईस्पिड रेल ब्रसेल्सबाट १ घण्टा ५१ मिनेटमा लन्डन, र लन्डन – पेरिस २ घण्टा १५ मिनटमै पुग्न सकिने यूरोस्टारले संकटको सामना गर्दै आफ्नो लागत घटाउने, कर्मचारीहरूलाई कटौती गर्दै विभिन्न उपायाहरू अपनाई रहेको थियो। ४ सय ५० मिलियन यूरो ऋण लिएर यसका शेयर होल्डरहरूबाट २ सय १० मिलियन यूरो प्राप्त गरी सकेपनि यो विकराल स्थितिमा पुगेको छ ।
एसएनसीएफका सीईओ क्रिस्टोफ फनिचेटले सन् २०२० मा कम्पनीले ८५ प्रतिशत यात्रु गुमाइसकेकाले युरोस्टारको बारेमा धेरै चिन्तित भएको बताए। ‘कम्पनीका लागि प्रमुख पीडा भनेको बेलायत यूरोपियन युनियनबाट बाहिरिनु दुखद रह्यो।’ सीईओ फानिचेटले भने,‘यूरोस्टार फ्रान्सेली कम्पनी हो, जुन बेलायतमा रहेको छ, यसर्थ बेलायतले सहयोग गर्दैन।’
सन् १९९४ मे ६ मा बेलायतका महारानी वाटरलू लण्डनबाट फ्रान्सको कालाईससम्मको यात्रा गरी यूरोस्टार रेलको उद्घाटन गरिएको थियो।