भक्तपुरका ६ वटा मतदानस्थल परिवर्तन

भक्तपुरका ६ वटा मतदानस्थल परिवर्तन

भक्तपुर : भक्तपुरका ६ वटा मतदानस्थल परिवर्तन गरिएको छ। मतदाताको संख्याको आधारमा साँघुरो र अपायक परेको भन्दै भक्तपुर नगर क्षेत्रका ३, मध्यपुर थिमि नगर क्षेत्रका २ र सूर्यविनायक नगर क्षेत्रको एउटा मतदान स्थल परिवर्तन गरिएको हो।

जिल्ला मतदानस्थल तथा मतदान केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको बैठकले ती मतदानस्थल परिवर्तन गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ। जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बीसीका अनुसार बैठकले भक्तपुर नगरपालिका- ६ मा रहेका दुइटा मतदानस्थलमध्ये साविक ५ नम्बर वडा कार्यालय भोलाछें र साविक वडा नं. ९ चोछेंस्थित बालबोध शान्ति विद्यालयलाई परिवर्तन गरी ख्वप कलेज कायम गर्ने निर्णय गरिएको छ।

भक्तपुर नगरपालिकाको साविक वडा नं. ५ र ९ समायोजन गरी हाल वडा नम्बर ६ भएको छ। जसले गर्दा साँघुरो रहेको ती दुई मतदान स्थललाई मतदाताको लागि पायक पर्ने गरी भक्तपुर नगरपालिका-६ देकोचास्थित ख्वप कलेजलाई नयाँ मतदान स्थल कायम गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

त्यस्तै भक्तपुर नगरपालिकाकै वडा नं २ स्थित शारदा मावि यालाछेंको मतदान स्थल साँघुरो भएको हुँदा हाल भक्तपुर नगरपालिकाको भवन रहेको भक्तपुर नगरपालिका- २ सानोव्यासीलाई नयाँ मतदान स्थल कायम गर्ने निर्णय गरिएको छ।‘भक्तपुर नगरपालिका- ५ भगवतीस्थानस्थित वरदायणी प्राविको भवन परिसर पनि साँघुरो भएको हुँदा सोही वडाको आदर्श आजाद मावि भेलुखेललाई नयाँ मतदान स्थलको रुपमा कायम गर्ने निर्णय गरिएको छ’, सूचना अधिकारी बीसीले थपे, ‘त्यस्तै सूर्यविनायक नगरपालिका-५ कटुञ्जेस्थित महेन्द्र माविको मतदानस्थल भवन साँघुरो भएको हुँदा सोही वडामा रहेको कटुञ्जे आधारभूत विद्यालयमा परिवर्तन गरिएको छ।’

उनका अनुसार मध्यपुर थिमि नगरपालिका- ९ स्थित बोडे हेल्थपोष्टको मतदानस्थललाई परिवर्तन गरेर सोही वडामा रहेको कृषि विकास बैंकको तालिम केन्द्रलाई नयाँ मतदान स्थलको कायम गर्ने निर्णय भएको छ। मध्यपुर थिमि नगरपालिकाकै ३ को कौशलटारस्थित जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई सोही वडामा रहेको आदर्श जनप्रेमी कलेजमा परिवर्तन गरिएको छ।

यस निर्णयसँगै भक्तपुरमा एउटा मतदानस्थल घटेको छ। अब भक्तपुरमा ७७ वटा मतदानस्थलमा २ सय १५ वटा मतदान केन्द्र निर्धारण हुने सूचना अधिकारी बीसीले जानकारी दिए। उनका अनुसार भक्तपुरमा ७ हजार ४ सय ९२ जना मतदाता बढेका छन्। अघिल्लो निर्वाचनको लागि भक्तपुरमा एक लाख ७८ हजार ९९ जना मतदाता रहेका थिए। जुन अहिले बढेर एक लाख ८५ हजार ५ सय ९१ पुगेको निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार बैठकमा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी र  सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जूना बस्नेतसँगै जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.