एनआरएनले पूर्वाधार क्षेत्रमा लगानी गर्ने : १० अर्बको पूर्वाधार कम्पनी बन्दै

एनआरएनले पूर्वाधार क्षेत्रमा लगानी गर्ने : १० अर्बको पूर्वाधार कम्पनी बन्दै

काठमाडौं : गैरआवासीय नेपालीहरुले नेपालका पूर्वाधार क्षेत्रमा लगानी गर्ने भएका छन्। नेपालमा पूर्वाधार निर्माण गर्ने उद्देश्यका साथ एनआरएनए डेपलपमेन्ट फण्ड सञ्चालन हुन लागेको छ। 

विदेशमा बस्ने नेपालीहरुले स्वदेशमा पूर्वाधार क्षेत्रमा लगानी गर्नका लागि गैर आवासीय नेपाली संघ(एनआरएन) को पहलमा १० अर्बको पूर्वाधार कम्पनी सञ्चालन हुन लागेको छ। गैरआवसाीय नेपाली संघका उपाध्यक्ष बद्री केसीका अनुसार कम्पनीको तयारी अन्तिम चरणमा पुगेको छ। ‘पूर्वाधार निर्माणमा काम गर्नेगरी कम्पनी दर्ताको क्रममा छ’, उनले भने, ‘अहिले आवश्यक तयारी गरिरहेका छौं।’

ईमर्जिङ नेपाल फण्ड कम्पनी बनाएर एनआरएनएले प्रक्रिया अघि बढाएको थियो तर उक्त नाम नमिलेपछि एनआरएनए डेपलपमेन्ट या एनआरएनए फण्ड कम्पनीमार्फत पूर्वाधार क्षेत्रमा लगानी गर्ने तयारी भएको छ। कम्पनीमा १० प्रतिशत एक सय जनाको एक अर्ब प्रमोटर सेयर रहनेछ। प्रमोटर सेयर प्रतिव्यक्ति ५० लाखदेखि ५ करोडसम्म राख्न सक्नेछन्। संघको सामूहिक लगानी पनि गर्ने विषयमा छलफल भइरहेको छ। 

८५प्रतिशत (८ अर्ब ५० करोड) वैदेशिक रोजगारी तथा विदेशमा रहेका जोसुकै नेपालीलाई सेयर जारी गर्ने तयारी छ। विदेशमा बस्ने सबै नेपालीलाई समेट्ने गरी सेयर जारी गर्ने गैरआवासीय नेपाली संघको योजना छ। ५ प्रतिशत(५० करोड) सरकारले लगानी गर्ने भएको छ। 

सैद्धान्तिक सहमति प्राप्त भइसकेकाले छिट्टै कम्पनी दर्ता भइसक्ने उपाध्यक्ष केसीले बताए । विभिन्न डिभेन्चरमा लगानी गर्ने कम्पनीको तयारी छ। यसले स्टार्ट अप कम्पनीपका रुपमा ऋण पनि दिने तयारी पनि भएको उपाक्ष केसीले बताए। सरकारले ५ करोड भन्दा कम विदेशी लगानी भित्र्याउन बन्देज लगाएको छ। तर विदेशमा बस्ने नेपालीलाई भने एक करोडसम्म लगानी ल्याउन छुट दिने विषयमा छलफल भएको एनआरएनएका पदाधिकारीहरु बताउँछन्। गैरआवासीय नेपालीको लगानी स्वदेशमै ल्याउन विदेशमा बस्ने सबै नेपालीलाई लगानीमा खुकुलो बनाउन सरकार पनि सकारात्मक देखिएको बताइएको छ। 

दर्ता तथा आवश्यक तयारीका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई नियुक्त भएका छन्। भट्टराईले सय जना प्रमोटर शेयरलगानीकर्ताका कागजता संकलन गर्ने काम तीव्ररुपमा भइरहेको बताए। ‘कोभिडका कारण केही समस्या परेपनि कागजात जुटाउने र आवश्यक परे भौतिकरुपमै उपस्थित गराउने काम भइरहेको छ’, उनले भने। कम्पनीको प्रबन्धपत्र निमायवली पूरा भइसकेको छ। विभिन्न देशबाट कागजात ल्याउनुपर्ने भएकाले प्रतिवद्वता गराउने र आवश्यक कागजात झिकाउने काम भइरहेको उनले सुनाए। 

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि उक्त कम्पनीमा समावेश गर्ने संघको योजना छ। संघको पहलमा होटल, बैंक, बिमा लगायत क्षेत्रमा ठूलो लगानी भित्रिएको छ। तर साना लगानीलाई पनि प्रवद्र्वन गर्नेगरी पूर्वाधार कम्पनी स्थापना गर्न लागिएको हो। विदेशमा ८३ लाख नेपाली छन्। ती प्रायः सबै नेपालीलाई समेटेर पूर्वाधार क्षेत्रमा लगानी गरी आर्थिक विकासमा टेवा पुग्नेगरी कम्पनी सञ्चालन गर्न लागिएको उपाध्यक्ष केसी बताउँछन्। वैदेशिक रोजगारीमा गएका, गल्फमा माईग्रेन वर्कर, विद्यार्थी भिसामा गएका, नेपाली मुलका विदेशी नागरिक र नेपाली बोल्ने तर धेरै अघि गएका नेपालीलाई पनि समेट्ने संघको योजना छ। 
अर्थशास्त्री भट्टराईले यस्तो कम्पनीमार्फत विदेशमा कमाएको पैसा स्वदेशमा परिचालन हुन सघाउ पुग्ने बताउँछन्। ‘नेपालको सेयर मार्केटमा गैरआवासीयको इन्ट्रीमा सजिलो बनाउने छ’, उनले भने, 'जसले स्टक मार्केटमा स्थापित गराउन सघाउ पुग्ने निशित छ।’ पूर्वाधार कम्पनीले शेयर बजार, स्टक मार्केटमा ठूलो चलचल ल्याउने, नेपालको बजार चिनाउने सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।  

विदेशबाट वार्षिक ८ अर्ब रेमिट्यान्स भित्रिरहेको छ। त्यसको ठूलो हिस्सा दैनिक उपभोग्यमै सीमित भइरहेको छ। रेमिट्यान्सलाई पूर्णरुपमा उपयोग हुने र पूँजी निर्माण हुन सघाउने गैरआवासीय नेपालीहरुको ठम्याई छ। कम्पनीबाट प्राप्त आम्दानीबाट १ प्रतिशत कर्पोरेट सोसेल रेस्पोन्स अन्र्तगत गैरआवासीय नेपालीकै लागी खर्च हुने छ। ‘रोजगारीमा जाने कामदारका लागि सल्लाह सुझाव दिने, सीपमूलक तालिन दिने र उनीहरुलाई पनि लगानीमा आकर्षित गर्नेगरी कम्पनीले काम गर्ने छ’, उनले भने।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.