न्युजिल्याण्डले यस वर्षको अधिकांश समय सीमा बन्द नै राख्ने
न्युजिल्याण्ड: न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेनले यस वर्षको अधिकांश समय देशको सिमाना बन्द नै रहनसक्ने बताएकी छन् ।
स्वास्थ्य अधिकारीहरुले कोभिड विरुद्धको खोप वितरण गरिरहेका बेला बन्द गरिएको न्युजिल्याण्डको सीमा धेरै महिना बन्द नै राख्ने मंगलबार बताएकी हुन् ।
'हामी वरपरको संसारमा जोखिम र विश्वव्यापी खोप वितरणको अनिश्चितताका कारण हामी आशा गर्छौँ कि हाम्रा सीमाहरु यस वर्षको अधिकांश समय प्रभावित हुनेछन्,' प्रधानमन्त्री अर्डेनले बताइन् ।
कोरोनाभाइरस संक्रमण नियन्त्रणमा सफलता पाएको देशमा न्युजिल्याण्ड पनि पर्छ । गत मार्चमा बन्द गरिएका सबै सीमा फेरि नखोल्ने जसिन्डाले बताएकी हुन् । विश्वव्यापी रुपमा कोरोना महामारी फेरि फैलन थालेपछि न्युजिल्याण्ड तत्काल सीमा नखोल्ने निर्णयमा पुगेको हो ।