कोरोना खोपले धनी र गरीब देशहरुलाई विभाजन गरिरहेको छ: डब्लूएचओ

कोरोना खोपले धनी र गरीब देशहरुलाई विभाजन गरिरहेको छ: डब्लूएचओ

जेनेभा: कोभिड विरुद्धको खोपले धनी र गरीब देशहरुबीच विभाजन बढाउँदै गइरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चिन्ता व्यक्त गरेको छ ।

खोपको डोज वितरणमा असफलताले गर्दा विश्व अर्थव्यवस्थामा खर्बौँ डलर खर्च हुनसक्ने पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ । सोमबार यसबारे बताइएको हो ।

साथै खोप अभियानका लागि २६ बिलियन डलर यसै वर्ष मात्रै आवस्यकता परेको पनि डब्लूएचओको भनाइ छ । खोप खरिद गर्न, वितरण गर्न, परीक्षण र उपचार लगायत काममा थप रकम आवस्यक पर्ने बताइएको हो ।

'धनी देशहरुले खोप वितरण गरिरहेका छन् । जबकि विश्वका विपन्न देशहरुले हेर्दैछन् र पर्खिँदैछन्,' डब्लूएचओका प्रमुख टेड्रोस अधानम घेब्रेससले भनेका छन्, 'हरेक दिन यसले विश्वलाई हुने र नहुनेबीच विभाजन झन् बढाउँदैछ,' पत्रकार सम्मेलनको क्रममा टेड्रोसले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.