‘सत्यम्’  बन्दै राजेश हमाल

‘सत्यम्’  बन्दै राजेश हमाल

काठमाडौं : अभिनेता राजेश हमालले अभिनय गर्ने नयाँ चलचित्र ‘सत्यम्’ को ‘थिमेट्रिकल स्केच’ दर्शकमाझ आएको छ। स्केचसँगै फिल्मका लागि कलाकारको अडिसन पनि कल गरिएको छ। पोस्टरमा हमाललाई महानायक लेख्दै उनको स्केच फोटो राखिएको छ। ‘सत्यम्’ शीर्षकसँगै ‘राइजिङ अफ दि हिरोज’ लेख्दै शीर्षक परिभाषित गरिएको छ।

हमालसँगै अभिनय गर्ने अनुपविक्रम शाहीको भने नाम मात्र उल्लेख गरिएको छ। ‘ह्यान्डसम भिलेन’ का रूपमा परिचित अनुपको लुक्ससहित छिट्टै पोस्टर सार्वजनिक गरिने निर्देशक शंकर कार्कीले बताए। यो चलचित्रमा हमाल र शाहीसँगै नायक पल शाह र नायिका उपासना सिंह ठकुरीले पनि काम गर्ने भएकी छन्।

‘रोमियो’ फेम्ड निर्देशक कार्कीले निर्देशन गर्न लागेको यो फिल्ममा काम गर्ने निर्णय गर्न अभिनेता हमालले आठ महिना लामो समय लिएका थिए। 

फिल्ममा केन्द्रीय पात्र हमाल नै (सत्यम्) हुन् भने अनुपविक्रम शाही भिलेनका रूपमा रहनेछन्। यसअघि ‘सौर्य’ मा एकसाथ देखिएका राजेश र अनुपको अभिनयलाई लिएर अहिले व्यापक चर्चा छ। हमाल लामो समयपछि फिल्ममा फर्केका हुन्। पल र उपासनाको भूमिका भने खुलाइएको छैन। छिट्टै पत्रकार सम्मेलनको आयोजना गरी अडिसनबाट छनोट भएका अन्य कलाकार तथा बाँकी जानकारी सार्वजनिक गरिने बताइएको छ।

अडिसनबाट अन्य दुई मुख्य पुरुष तथा दुई महिला कलाकार छनोट गरिनेछ भने अन्य २२ जना कलाकार पनि अडिसनबाटै छानिनेछन्। चारजना चरित्र अभिनेता, दुईजना चरित्र अभिनेत्री, तीन सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, सहायक कलाकार दुई पुरुष तथा दुई महिला साथै दुईजना बाल कलाकार र अन्य छोटो भूमिकाका कलाकारका लागि अडिसन हुनेछ।

काठमाडांैमा माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिसन हुनेछ। अडिसनमा सहभागी हुन चलचित्र निर्माता कम्पनी नवयुग सिनेमा प्रालिको इमेल ठेगानामा प्रोफाइल पठाउनुपर्नेछ।

‘सत्यम्’लाई रेशम सापकोटाले लेखेका हुन्। यो चलचित्रका निर्मातासमेत सापकोटा नै हुन् भने एसोसियट निर्माता श्याम मल्ल र गणेश पौडेल हुन्। सहनिर्माताहरू रेशम गौतम र कृष्ण अधिकारी हुन्। चलचित्रमा कुटुम्ब ब्यान्डसँगै योगेश काजी र गणेश पौडेलले संगीत दिएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.