१७ अर्बको सामान अलपत्र

१७ अर्बको सामान अलपत्र

काठमाडौं : कोभिड— १९ को संक्रमण फैलिन नदिन भन्दै चिनियाँ पक्षले गरेको कडाइका कारण करिब १७ अर्बको सामान चीनको विभिन्न स्थानमा अलपत्र परेका छन्। 

कोभिड—१९ को संक्रमण फैलिएसँगै चिनियाँ पक्षले तातोपानी र रसुवा नाकाबाट आउने मालसामानको आयातमा कडाइ गरेको छ। कहिले खोल्ने, कहिले बन्द गर्ने र खोल्दा पनि निकै कठिन प्रक्रिया पूरा गरी ती दुवै नाकाबाट दैनिक ६ देखि ८ कन्टेनर मात्रै नेपालतर्फ आइरहेका छन्।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार कोभिड—१९ का कारण पछिल्लो नौ महिनादेखि करिब १७ अर्बको गार्मेन्ट, जुत्ताचप्पल, मोबाइलको एसेसरिज, इलेक्ट्रोनिक्सका सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थलगायत सामान अड्केको छ।

पछिल्लो समय चिनियाँ पक्षले तातोपानी र रसुवा नाकाबाट मालसामान ल्याउने बाटो फुकाए पनि पर्याप्त परिमाणमा भने ल्याउन दिएको छैन। ती दुवै नाकाबाट अन्यन्तै थोरै परिमाणमा मालसामानसहितको कन्टेनर आउँदा व्यापारी ‘घर न घाट’ का भएका छन्।

संघका अध्यक्ष बच्चु पौडेलका अनुसार कोभिड—१९ को समस्या सिर्जना हुनुअघिसम्म नेपाली व्यवसायीको कन्टेनर तातोपानी हुँदै चीनको खासासम्म सोझै जान पाउथ्यो। खासामा सामान लोड गरी १५ दिनमा काठमाडौं ल्याइपु¥याउँथे। दैनिक रूपमा उक्त नाकामार्फत ५० देखि एक सय कन्टेनरसम्म सामान आउँथ्यो। यस्तै रसुवाको केरुङ (चीनतर्फको भूभाग) सम्म नेपाली कन्टेनर जान पाउथ्यो। ‘तर, पछिल्लो समय कोभिडको समस्या देखाएर केरुङ र खासासम्म नेपाली कन्टेनरलाई जान दिइएको छैन’, संघका अध्यक्ष पौडेलले भने।  

उनका अनुसार चिनियाँ पक्षले कोभिड—१९ को समस्या सिर्जना भएपछि हाल नेपाली कन्टेनरलाई तातोपानी र रसुवातर्फको मितेरी पुलसम्म मात्रै जान अनुमति दिएको छ। मितेरी पुलसम्म चिनियाँ पक्षले आफ्ना कन्टेनरमा नेपाली व्यवसायीले मगाएको सामान ल्याइदिन्छन्। त्यहाँबाट नेपाली व्यवसायीले आफ्ना ट्रक र कन्टेनरमा लोड गरी भिœयाउँदै आएका छन्। नेपाली व्यवसायीले ती दुवै नाकाको मितेरी पुलसम्म दैनिक कम्तीमा ५० देखि एक सय कन्टेनरसम्म आउनुपर्ने माग अघि सार्दै आएका छन्। ‘हामी अहिले पनि कोभिड—१९ को स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पालना गरेका छौं’, पौडेलले भने, ‘हामीलाई मितेरी पुलमै सामान झारिदिए पनि हुन्छ, तर कम्तीमा दैनिक ५० देखि एक सय कन्टेनरसम्म झारिदिनुप¥यो।’  कनिका छरेजस्तो दैनिक ४–५ कन्टेनर झारेका कारण आफूहरू आर्थिक मारमा डुबेको पौडेलको भनाइ छ। 

नौ महिनादेखि आउन नसकेका करिब १७ सय कन्टेनरको सामान कुन अवस्थामा छ, त्यसबारेमा सोचेर आफूलाई मानसिक र आर्थिक पीडा थपिएको आयातकर्ता व्यापारीको भनाइ छ।  पौडेलका अनुसार यो विषयमा परराष्ट्र सचिवसँग पटकपटक छलफल पनि भएको छ। परराष्ट्र सचिव तातोपानी नाकासमेत घुमेर आए। तर, हालसम्म कूटनीतिक रूपमा समस्याको कुनै समाधान भएको छैन।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले यो समस्याको विषयमा आफूले मन्त्रिपरिषद्को बैठकका साथै परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको उनले बताए। ‘यो समस्याको समाधान निकाल्न कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयका अधिकारीसँग प्रत्यक्ष र पत्राचार गरी छलफल भइसकेको छ’, मन्त्री भट्टले भने, ‘तर, हालसम्म समस्या समाधान हुन सकेको छैन, यही साता राजधानी गएपछि यो विषयलाई गम्भीर रूपमा छलफल गरी निकास दिन्छौं।’

उनका अनुसार कोभिड— १९ को विषयमा चिनियाँ पक्षलाई आश्वस्त गर्न नसक्दा समस्या सिर्जना भएको हो। मन्त्री भट्टले पछिल्लो समय ती दुवै नाकामार्फत दैनिक ४–५ कन्टेनर मात्रै आउँदा नेपाली व्यवसायी आर्थिक रूपमा धराशायी बनेको जानकारी दिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश पौडेलले कोभिड—१९ का कारण चिनियाँ पक्षले आपूर्ति प्रक्रियामा कडाइ गरेको बताए। दुवैतर्फका कामदारको पक्षबाट नियमित रूपमा पीसीआर परीक्षण गरिए पनि चिनियाँ पक्ष सन्तुष्ट नहुँदा आपूर्ति प्रणाली असहज बनेको पौडेलले जानकारी दिए।

चिनियाँ पक्षले ‘जिरो कोभिड’ को नीति लागू गरेकाले नेपाली पक्षबाट उनीहरू आश्वस्त हुन नसकेको सहसचिव पौडेलको भनाइ छ। ‘हाम्रो परीक्षणमा नेगेटिभ आएको बिरामीको परीक्षण गर्दा उनीहरूले पोजेटिभ भेटाउँदा रहेछन्’, पौडेलले भने, ‘यसले गर्दा समस्या सिर्जना भएको हो।’ उनले कूटनीतिक पहलबाट चाँडै यो समस्याको समाधान निकाल्ने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.