राष्ट्रिय गीतले दिएको चर्चा

राष्ट्रिय गीतले दिएको चर्चा

काठमाडौं : नेपाली फिल्म उद्योगमा अभिनेत्री र निर्मात्रीका रूपमा चिनिएकी रोशनी केसीको परिचय अहिले फेरिएको छ। उनले उद्योगका हस्ती कलाकार समावेश गराएर राष्ट्रिय गीतको भिडियो निर्देशन गरेपछि उनको परिचय बदलिएको हो। अहिले देश राजनीतिक रूपमा विषम परिस्थितिमा फसेको बेला उनले ल्याएको समय सान्दर्भिक भिडियोले धेरैको ध्यान तानेको छ। उनले निर्देशन गरेको यो गीतको भिडियो छोटो समयमा सोसल मिडियामा पनि भाइरल भएको छ। 

रोशनीले निर्माण गरेका फरक धारका फिल्म ‘डाक्टर खाते’, ‘जानी नजानी’लगायतले आफ्नो समयमा प्रशंसा पाएका थिए भने अहिलेको भिडियोले अर्को उचाइ थपेको छ। देविका बन्दना र राजन ईशानको स्वरको ‘त्यही सच्चा नेपाली’ बोलको राष्ट्रिय गीतमा शताब्दी पुरुष सत्यमोहन जोशीदेखि नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धरलगायतका हस्तीले अभिनय गरेका छन्। 
नयाँ फिल्मका लागि स्क्रिप्ट खोजिरहेकी उनले भिडियो निर्देशनको अनुभव सुनाउँदै भनिन्, ‘देविका दिदी र मैले कलाकारलाई सहकार्यका लागि अनुरोध गर्‍यौँ। काम संघर्षपूर्ण रहे पनि लिभिङ लिजेन्डहरूलार्ई लिएर राष्ट्रका लागि कलाको माध्यमबाट केही गर्ने मौका पाएकोमा भने खुसी लागेको छ।’

राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पनि झकझक्याउने खालको काम गरौँ भन्ने सोचका साथ निर्देशनमा होमिएको बताउँदै उनले भनिन्, ‘आनन्द अधिकारी दाइले राम्रो शब्द भएको गीत रचना गरेर सहयोग गर्नुभयो भने निर्माता चिजकुमार श्रेष्ठले पनि राष्ट्रियतासम्बन्धी केही गरौं भन्ने सोच्नु भएको रहेछ। उहाँले गीतमा लगानी गर्छु भनेर निर्देशनको जिम्मा दिनुभयो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.