गोरखामा पारस शाहको एक दिन

गोरखामा पारस शाहको एक दिन

गोरखा : पूर्वयुवराज पारस शाहले बुधबार एकदिन पुर्खाको थलो गोरखामा बिताएका छन् । मंगलबार राति १२ बजे गोरखा आइपुगेका उनी बुधबार करिब छ बजे गोरखाबाट प्रस्थान गरेका छन् ।

मंगलबार एकरात गोरखा दरबार नजिकै रहेको होटल वृन्दावनमा साथीसंगीसँग बिताए ।

पूर्वराजपरिबारको कुलदेवताको रुपमा मानिने गोरखकाली र गोरखनाथको पूजाआजाका लागि होटलबाट ११ बजेपछि निस्किएका थिए । 

त्यहाँ केहीबेर उनले निर्माणाधीन गोरखा दरबारको पनि अवलोकन गरे । दरबारको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति शाहले साथीसंगीसँग चिन्ता व्यक्त गरेका छन् ।

गोरखनाथका मूल पुजारी प्रदीपनाथ योगीसँग केहीबेर धर्मसंस्कृतिको बारेमा भलाकुसारी भएको थियो । ‘पढेलेखेका मान्छेले सनातन धर्म, संस्कृतिको संरक्षण, जगेर्ना गर्नुपर्नेमा उनीहरुले नै नष्ट गर्दै गए’, योगीले भनेका थिए । ‘यो विस्तारै आफै ठिक हुन्छ’, शाहले प्रतिक्रिया दिएका थिए ।

पूजापाठ, ग्रहशान्ति, दान दक्षिणा र अवलोकन सकेर शाह १ बजे होटल फर्किएका थिए । 

त्यहाँ उनलाई स्वागत गर्न र साथ दिनका लागि गोरखा सदरमुकाम आसपासका राजसंस्थाप्रति आस्थावान, राप्रपाका नेता कार्यकर्ता भेला भएका थिए ।

उनी गोरखा सदरमुकामबाट मनकामनाका लागि दिउँसो चारबजे प्रस्थान गरेका थिए । मनकामना केवलकार चढेर उनी मनकामना देवीको पूजाअर्चना गर्न पुगेका थिए । पूजा सकेर केहीबेरको मनकामना क्षेत्रको अवलोकनपछि उनी साँढे पाँचबजे पोखराका लागि प्रस्थान गरेका छन् ।

राजसंस्थाप्रति आस्थावान विशेषगरी राप्रपाका नेता, कार्यकर्ताले गोरखा भित्रिएदेखि पोखरा नफर्कुन्जेल उनलाई साथ दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.