भक्तपुरमा माधवनारायणको व्रत औपचारिकतामा सीमित

भक्तपुरमा माधवनारायणको व्रत औपचारिकतामा सीमित

भक्तपुर : यस वर्षको एकमहिने माधवनारायण एवं श्रीस्वस्थानी माताको व्रत सुरु बिहीबारदेखि हुँदैछ। काठमाडौंको साँखुस्थित शाली नदी परिसरसँगै भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीमा पनि यो एकमहिने माधवनारायणको व्रत बस्दै आएको छ।

तर यस वर्ष कोरोना भाइरस संक्रमणका कारण भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीमा हुने माधवनारायणको व्रत भने औपचारिकतामा मात्रै सीमित गरिने भएको छ। 

माधवनारायण व्रत सेवा समितिका उपाध्यक्ष रत्नलाल साँधले कोरोना भाइरस संक्रमण हुन नदिन यसवर्ष हनुमानघाटमा माधवनारायणको व्रत औपचारिकतामा मात्रै सीमित गरिने जानकारी दिए।

उनका अनुसार यस वर्ष हनुमानघाटमा कुनै पनि व्रतालुले माधवनारायणको एकमहिने व्रत बस्ने छैनन्। तर व्रतको परम्परा नटुटाउन भक्तपुर माधवनारायण व्रतका मूल पुजारी सरोजन राजोपाध्यायमात्रै व्रत बस्ने उनले बताए।

‘सर्वसाधारणलाई माधवनारायण व्रत बस्न दिइनेछैन’, उपाध्यक्ष साँधले भने, ‘व्रत परम्परा टुट्न नदिन मूल पुजारी सरोजन राजोपाध्यायमात्रै व्रत बस्नुहुन्छ।’
उनका अनुसार सर्वसाधारणलाई व्रत बस्न नदिइए पनि हनुमानघाट त्रिवेणीमा गर्नुपर्ने दैनिक नित्य पूजा तथा माधवनारायणको कथा वाचन हुनेछन्। त्यस्तै हनुमानघाट त्रिवेणी परिसरमा बनाइएको कुण्डमा दैनिक स्नान गर्ने कार्य भने नियमित हुने समितिले जनाएको छ।

यसको लागि अहिले हनुमन्ते खोलास्थित त्रिवेणीमा कुण्ड बनाउने काम भइरहेको छ। स्थानीय भक्तजन पनि उक्त कुण्डको सरसफाइ गरिरहेका छन्।
काठमाडौंको साँखुमा बस्नेभन्दा भक्तपुरको हनुमानघाटमा बस्ने माधवनारायणको व्रत कडा र कठिन मानिन्छ। त्यसैले भक्तपुरको माधवनारायण व्रतप्रति व्रतालुको आकर्षण कम हुँदै गएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्। उनका अनुसा यहाँ व्रत वस्ने व्रतालुले आफूलाई अन्य व्यक्तिको छायाँसम्म पर्न दिनुहुँदैन।

साथै एकमहिने व्रतको क्रममा भक्तपुरको माधवनारायणलाई भक्तपुर नगरका विभिन्न ठाउँमा परिक्रमा गराइन्छ। त्यस्तै काठमाडौंको पशुपतिसम्म पनि जानुपर्छ तर यस वर्ष यो कार्य अन्योलमा रहेको समितिका सचिव लक्ष्मीप्रसाद रञ्जितले बताए।

उनले व्रतालु नभएकाले नगर परिक्रमा पनि अन्योल नै रहेको सुनाए। उनका अनुसार गत वर्ष ५ जना महिला एकमहिने माधवनारायणको व्रत बसेका थिए। त्यस्तै बिहान स्नान गरेर गुडुल्किने १२ जना पुरुष व्रतालु सहभागी भएका थिए। ती पुरुष व्रतालुहरु यस वर्ष पनि स्नान गरेर गुडुल्किएर माधवनारायणको पूजाआजा गर्न आउने बताएको सचिव रञ्जितले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.