कलाकार ‘जोगिन्दर’ले बाँडे बालबालिकालाई न्यानो कपडा

कलाकार ‘जोगिन्दर’ले बाँडे बालबालिकालाई न्यानो कपडा

काठमाडौं : हाँस्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले इँटाभट्टामा काम गर्ने परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन्।  तनहुँमा रहेको एबिआई इँटाभट्टामा कार्यरत करिव ५० भन्दा बढी बालबालिकालाई लुगा वितरण गरेका हुन्।  

उनले चिसोबाट जोगिन बालबालिकालाई न्यानो लुगा वितरण गरिएको जानकारी दिए। बालबालिकाका लागि लुगा भने इँटाभट्टाले नै उपलब्ध गराएको कलाकार जोगिन्दरले बताए। ‘यो महत्वपूर्ण र पवित्र कार्य गरेकोमा एबिआई परिवारलाई धन्यवाद’, उनले भने, ‘काम गर्ने परिवारका सदस्यहरुप्रतिको कम्पनीको माया पनि हो यो।’ 

म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे र गोविन्दराम पन्त इटाभट्टा सञ्चालक हुन्। सञ्चालक पन्तका अनुसार इँटाभट्टामा तीन सय कामदार कार्यरत छन्। कम्पनीले कामदार परिवारका सबै बालबालिकालाई निशुल्क पढाउने व्यवस्थासमेत गरेको सञ्चालक पन्तले जानकारी दिए। ‘हामीले लकडाउनका बेला पनि कामदारको सम्पूर्ण खाने बस्ने व्यवस्था गरिदिएका थियौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.