अमेरिकामा आन्तरिक आतंकवाद जोखिमको चेतावनी
अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले देशमा आन्तरिक आतंकवादको जोखिम रहेको भन्दै चेतावनी दिएका छन्। उनीहरूले त्यस्तो जोखिम गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनको नतिजासँग असन्तुष्ट व्यक्तिहरूबाट रहेको जनाएका हुन् ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटीले अमेरिकी संसद् भवनमा ज्यानुअरी ६ मा निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूबाट भएको आक्रमणले केही अतिवादीहरूलाई आत्मबल दिएको आकलन गरेको छ ।
उसले जारी गरेको एउटा सूचनामा सरकारी निकायका कामबाट निराश भएका व्यक्तिहरूबाट त्यस्तो जोखिम रहेको उल्लेख छ।सरकारले सर्वसाधारणलाई त्यसरी सजग गराउने सूचना झन्डै एक वर्षको अन्तरालमा जारी गरेको हो । सूचनाहरूले सुझाएअनुसार केही विचारहरूद्वारा निर्देशित हिंसक अतिवादीले सरकारले गरिरहेका काम र राष्ट्रपति फेरिनुअघिको अवस्थामा असहमति जनाउँदै गलत व्याख्यामा आधारित आफ्ना गुनासाले हिंसा गर्न वा उक्साइरहन सक्छन् ।
निर्वाचित प्रतिनिधिहरू वा सरकारी सम्पत्तिमाथि ती स्वदेशी अतिवादीहरूको निसाना हुनसक्ने पनि सूचनामा उल्लेख छ ।