अर्घाखाँचीमा कोरोना खोप लगाउन सुरु

अर्घाखाँचीमा कोरोना खोप लगाउन सुरु

सन्धिखर्क : अर्घाखाँचीमा कोरोना भाइरस (कोभिड -१९) विरुद्ध सरकारले सुरु गरेको पहिलो चरणको खोप अभियान बिहीबारदेखि सुरु भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड (१९) विरुद्ध सरकारले सुरु गरेको पहिलो चरणको अभियानअन्र्तगत जिल्लाका चिकित्सकले खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका छन् । 

पहिलो चरणको खोप कार्यक्रमअन्र्तगत अर्घाखाँचीमा सरकारले तोकेका अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई लगाउन सुरु भएको हो।  पहिलो खोप जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर जगदिश शर्माले लगाएका छन्। 'जिल्लामा पहिलो खोप मैले लगाएँ । नराम्रो केही भा छैन,उनले भने,' खोप लगाउन पाउँदा धेरै खुशी लागेको छ।आफूलाई लक्की सम्झेको छु ।'

भारत सरकारले उपलब्ध गराएको कोभिशिल्ड खोप कोभिड नियन्त्रणका क्षेत्रमा अग्र मोर्चामा काम गर्नेहरुलाई लगाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । एक हप्ताभित्र पहिलो चरणको खोप लगाएर सक्ने योजना अर्घाखाँचीको छ  । पहिलो चरणको खोप लगाएकालाई २८ दिनपछि पुनः दोस्रो चरणमा खोप लगाउनुपर्छ। 

खोप लगाएपछि आफूलाई कुनै लक्षण देखा नपरेको अर्घाखाँची आँखा अस्पतालका प्रमुख सागर घिमिरेको भनाइ छ । 

एक हप्तामा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारीलगायतलाई लगाइने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय वरालले बताए । झण्डै १७ सय  बढीलाई खोप दिइने तयारी गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.