बाजुरामा १ सय २२ जनाले लगाए कोरोना खोप

बाजुरामा १ सय २२ जनाले लगाए कोरोना खोप

बाजुरा : जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सुरु भएरको छ । देशका अन्य जिल्लामा बुधबारबाट सुरु गरिएको भएपनि बाजुरामा भने एक दिन ढिलो गरी सुरु गरिएको हो। भौगोलिक विकटताले खोप ढिलो गरी जिल्ला पुगेपछि  तयारी नपुगेका कारण एक दिन ढिलो गरि खोप सेवा सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्नले जानकारी दिए।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत्त पन्नले पहिलो खोप लगाए । पहिलो खोप लगाउन पाउँदा खुशी लागेको उनले बताए । उनले निर्धक्क भएर खोप लगाउन सबैमा अनुरोध गरे।  खोप लगाइसकेपछि कोरोना भाइरस संक्रमण हुने सम्भावना न्यून हुने र यदि संक्रमण भइहाले पनि कडा लक्षण नदेखिने उनले बताए।

पहिलो चरणमा बाजुरा जिल्लाका ९ वटा स्थानीय तहका ९ सय ३५ जना अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाइने पन्तले जानकारी दिए। बाजुरामा पहिलो चरणको खोप जिल्ला अस्पताल बाजुराबाट माघ १५ देखि १९ गतेसम्म ९ सय ३५ जनालाई लगाइने जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए । 

पहिलो चरणमा जिल्ला अस्पताललाई मात्र खोप केन्द्रका रुपमा स्थापना गरिएको र जिल्ला अस्पतालबाटै खोप सेवा दिइने बताइएको छ ।  यो परीक्षण भएकाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्ने गरी दुर्गम क्षेत्रमा खोप केन्द्र स्थापना गर्न नसकिएको स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तले बताए । 

स्वास्थ्यकर्मी,शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, एम्बुलेन्स तथा कोरोना संक्रमितलाई ओरोर दोहोर गर्ने गाडी चालकलाई पहिलो चरणमा खोप लगाइने स्वास्थ्य कार्यालय प्रमुख पन्तले बताए ।

पहिलो चरणको खोप जिल्ला अस्पतालका ६७ जना, स्वास्थ्य कार्यालय बाजुराका १७ जना जिल्ला आयुर्वेद केन्द्र बाजुराका १३ जना र २५ जना सुरक्षकर्मीलाई लगाइने भएको छ ।  पहिलो दिन माघ १५ गते १ सय २२ जनालाई लगाइएको छ भने माघ १६ गते १ सय ६१ जनालाई खोप लगाइने भएको छ । त्यस्तै १७ गते २ सय ७ जना, १८ गते १ सय ९८ र १९ गते २ सय १० जनालाई लगाइने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.