सप्तरीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

राजविराज: सप्तरीको सप्तकोशी ब्यारेजमा पुषी पूर्णिमाको मेला भर्न पुगेका तीन जना सवार मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको नहर छेउमा स ३ प ३०४७ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ मुखिया टोलका ३० वर्षीय शिवकुमार मुखियाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मुखियाको गोल्डेन अस्पताल, विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा बिग्रेर राखेको पुरानो रोलरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वरप्रसाद साहले बताए ।

पुर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेजको नहरको बाटोको उतर छेउमा लामो समयदेखि बिग्रेको पुरानो रोलर राखिएको छ । मोटरसाइकलमा सवार मुखिया टोलकै २५ वर्षीय रामअवतार खंग र २० वर्षीय रामकुमार मुखिया घाइते भएका छन् । घाइतेहरुको गोल्डेन अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।

शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ । मोटरसाइकल भने इलाका प्रहरी कार्यालय भारदह, सप्तरीमा राखिएको छ ।

सप्तकोशी नदीलगायत जलाशयहरुमा कोशी स्नान गर्न र पुषी पूर्णिमाको मेला भर्न घुइँचो लागेको छ । सप्तकोशी नदीमा सप्तरी, सिरहा, सुनसरी, मोरङ्गदेखि भारतको पुर्णिया, अररीया, मधुवनी, फारबिसगञ्जलगायत स्थानहरुबाट कोशी स्नान गर्न आएका छन् । पौषशुक्ल पुर्णिमाका दिन कोशी स्नान गरे गंगास्नान गरे सरह पुण्य मिल्ने जनविश्वास रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.