प्रचण्ड-माधवले चुनाव हार्ने डरले सडक तताउँदैछन्: रघुवीर महासेठ

प्रचण्ड-माधवले चुनाव हार्ने डरले सडक तताउँदैछन्: रघुवीर महासेठ

बर्दिबास: केपी ओली समूहका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले प्रचण्ड-माधव समूहले चुनाव हार्ने डरले सडक तताइरहेको आरोप लगाएका छन् ।

‘नयाँ निर्वाचनले संविधान र संघीयता संकटमा परेको होइन कि प्रचण्ड र माधवजीको स्वार्थ संकटमा परेको हो । हाम्रो आँखा बैशाखमा हुने प्रतिनिधि सभाको चुनावमा छ,’ नेता महासेठले भने ।

प्रधानमन्त्री ओली समूहको बर्दिबास नगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले नेकपा पार्टी फुटको अन्तिम मोडमा पुगेको पनि बताए । ‘काम गर्न पनि नदिने, सरकारको राम्रो कामलाई जनताको बीचमा पनि नलाने अनि नयाँ जनादेशका लागि जनतामा जाने प्रधानमन्त्री ज्यूको कदम कसरी असंवैधानिक भयो ?’उनले सोधे ।

सर्वोच्च अदालतमा रहेको संसद विघटनसम्बन्धी मुद्दाको फैसला आफुहरुको पक्षमा हुने उनले जिकिर समेत उनले गरेका छन् । ‘सर्वोच्च अदालतले जे निर्णय गर्छ, हामी त्यही मान्न तयार छौँ,’उनले भने,‘संसद विघटनको पक्षमा फैसला सुनायो भने हामी चुनावमा जान्छौँ । संसद पुर्नस्थापनाको फैसला गर्‍यो भने हामी आन्दोलन गर्दैनौँ ।’

प्रधानमन्त्रीको पक्षमा अदालतको फैसला आउनेमा उनको विश्वास थियो । ‘संविधान अनुसार नै प्रधानमन्त्री ज्यूले संसद विघटन गर्नुभएको हो । त्यसैले हाम्रो पक्षमा अदालतको फैसला आउँछ,’उनले ठोकुवा गरे ।

‘जनतालाई तर्साएर, डराएर प्रतिपक्ष बन्दुक उठाएर फेरि मांसहारी आन्दोलन गर्न खोज्दैछन्,’प्रचण्डलाई लक्षित गर्दै उनले भने,‘देशमा अर्को जनयुद्धको आवश्यकता छैन ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.