बालबालिकालाई न्याना लुगा
काठमाडौं : डी टाइम स्क्वायरको उद्घाटनमा गायक आनन्द कार्कीले आफ्नो जन्मदिन मनाउँदै आश्रमका बालबालिका तथा वृद्धवृद्धालाई मनोरञ्जन गराएका छन्। इभेन्ट बेटर ग्यालेक्सीको आयोजनामा भएको कार्यक्रममा बालबालिकालाई भोजन तथा न्यानो लुगा प्रदान गरिएको थियो।
ग्यालेक्सीका अध्यक्ष धीरज तण्डुकारका अनुसार मुदिता वृद्ध सेवा गृह इमाडोलका वृद्धवृद्धाले आनन्द कार्कीको गीतमा रमाउँदै मनोरञ्जन लिएका थिए। यसैगरी जनसेवक बालहित केन्द्र बूढानीलकण्ठका बालबालिकालाई मनोरञ्जन गराउँदै न्याना कपडा र भान्साका लागि आवश्यक भाँडाकुँडा प्रदान गरिएको थियो।
नेपाली काँग्रेसका ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बालबालिकाले पनि आफूहरूमा भएको कला प्रदर्शन गरेका थिए।