भाडामा लाग्यो सुक्खा बन्दरगाह

भाडामा लाग्यो सुक्खा बन्दरगाह

काठमाडौं : काँकडभिट्टामा निर्माण भएको सुक्खा बन्दरगाहको सञ्चालन गर्ने  जिम्मेवारी ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्राइभेटलाई दिइएको छ। 

यो विषयमा नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल फ्रेट सर्भिसेसबीच बुधबार सहमति भएको छ। 

सहमतिपत्रमा इन्टरमोडलतर्फबाट कार्यकारी निर्देशक आशिष गजुरेल र ट्रान्स नेपालका तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गरेका छन्।

गजुरेलकाअनुसार उक्त बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनको विषयका इन्टरमोडल यातायात विकास समितिले साउन ३२ गते बोलपत्र प्रस्ताव आह्वान गरेको थियो। 

उक्त आह्वानअनुसार ५ कम्पनी ट्रान्स नेपाल फ्रेट सर्भिस विराटनaगर, एटलस एलाइड आईसीडी जेभी भाटभटेनी काठमाडौं, नेपाल ट्रान्जिट एण्ड वेयरहाउजिङ काठमाडौं, प्रिस्टिन भ्याली ड्राइपोर्ट जेभी आईसीडी वीरगञ्ज र अपना हाइवे जेभी कोलकात्ता (भारत) ले बोलपत्र बुझाएको थियो।

प्राविधिक र आर्थिक प्रस्ताव मूल्यांकन प्रक्रियामार्फत ट्रान्स नेपाल फ्रेट सर्भिसेजलाई छनौट गरिएको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए। 

गजुरेलकाअनुसार ट्रान्स नेपाल फ्रेटलाई ५ वर्षका लागि वार्षिक १३ करोड २३ लाख भाडा तिर्ने गरी सञ्चालन र व्यवस्थापनको लागि जिम्मा दिइएको हो। सम्झौताअनुसार नेपाल ट्रान्स फ्रेटले आगामी फागुन १ गतदेखि बन्दरगाहको जिम्मेवारी सम्हाल्नेछ।

नेपालको पूर्वी नाकास्थित काँकडभिट्टा सुक्खा बन्दरगाह भारतको कोलकात्ता बन्दरगाहबाट सबैभन्दा नजिक मानिन्छ। यसका साथै नेपाल बंगलादेश बीचको व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले पनि यो बन्दरगाहलाई महत्वपूर्ण मानिएको गजुरेलले  बताए। 

‘भारतसहित तेश्रो मुलुकबाट हुने आयात निर्यातसम्बन्धी व्यापारिक कारोबारका लागि निजी क्षेत्रलाई आवश्यक पर्ने महत्वपूर्ण भौतिक पूर्वाधार इन्टरमोडेलले उपलब्ध गराएको छ,’ गजुरेलले भने,‘नीजि क्षेत्रसँग हातेमालो गरी अघि बढ्ने क्रममा बन्दरगाहको निर्माण सम्पन्न गरी सञ्चालन र व्यवस्थापनको जिम्मा पनि नीजि क्षेत्रलाई नै दिएका छौं।’

एशियाली विकास बैंक (एडीबी) को ३९ करोड ३० लाख ऋण सहयोगमा १५ जुन २०१० मा यो बन्दरगाहको निर्माण सम्पन्न भएको थियो। नीजि क्षेत्रबाट यसको सञ्चालनका लागि विभिन्न समयमा बोलपत्र आह्वान भएपनि सञ्चालक कम्पनी छनौट नहुँदा इन्टरमोडल यातायात विकास समिति आफैले उक्त बन्दरगाह सञ्चालन गर्दैआएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.